पुलिस बन्यो प्रधानमन्त्री कप च्याम्पियन

काठमाडौं, जेष्ठ २५ – नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको च्याम्पियन बनेको छ । शनिबार सम्पन्न उपाधी भिडन्तमा अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै पुलिस प्रधानमन्त्री कपको च्याम्पियन बनेको हो । फाइनलमा पुलिसले आर्मीलाई ४ विकेटले स्तब्ध पार्यो ।
आर्मीले दिएको १२६ रनको लक्ष्य पुलिसले ४०.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । खराब सुरुवात गरेको पुलिसको इनिङ सुनिल धमला र अमित श्रेष्ठले सम्हाले । श्रेष्ठ व्यक्तिगत ४४ रनमा आउट भए । उनले ४० बलमा ६ चौका र २ छक्का प्रहार गरे । उता धमलाले भने नटआउट ४२ रन बनाए । उनले १ सय ३१ बलमा २ चौका प्रहार गरे ।
आरिफ शेख ६, पवन शरार्फ १, दिपेन्द्र सिंह ऐरी ७ र कुशल भुर्तेल ६ रनमा आउट भए । मंजित श्रेष्ठ ११ रनमा नटआउट रहे ।आर्मीका करण केसीले ३ तथा शाहब आलमले २ पिकेट लिएपनि टिमको हार भने टार्न सकेनन् ।
यसअघि त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ३३.३ ओभरमा अल आउट हुँदै १ सय २५ रन बनाएको थियो । आर्मीले राम्रो सुरुवात गरे पनि मध्यक्रमका ब्याट्सम्यान चल्न सकेकन् । ओपनर राजु रिजाल र सोमपाल कामीले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरको गिए । तर, दुबै आउट भएपछि आर्मी धिराशाही भयो र ३३.३ ओभरमा सबै विकेट गुमाएर १२५ रन मात्र बनाउ सक्यो । भीम सार्कीले २० र रोहितकुमार पौडेलले १८ रन बनाए भने अन्यले दोहोरो अंक समेत छुन सकेनन् ।
आर्मीलाई सस्तैमा समेट्ने क्रममा ललितनारायण राजवंशी र शवन शरार्फले समान ४÷४ विकेट लिए । उपाधी जितेको पुलिसले २० लाख प्राप्त गरेको छ । उप विजेता बनेको आर्मीले १० लाख नगदमा चित्त बुझायो ।नेपाल पुलिसका युवा स्पिनर ललित नरायण राजवंशी म्यान अफ द सिरिज घोषित भए । आर्मीका विकेटकीपर राजु रिजाल र्वोत्कृष्ट ब्याट्सम्यान हुँदा उदियमान खेलाडी सुदुरपश्चिमका खडक बोहोरा घोषित भए ।
तपाइँको प्रतिक्रिया