पाँचौँ चितवन च्याम्पियनसिपमा एनएफसी नारायणगढको बिजयी सुरुवात

एटुजेड समाचार

चितवन, जेष्ठ २५ – नारायणगढ फुटबल क्लब (एनएफसी) नारायणगढले चितवनको भरतपुरमा जारी पाँचौँ चितवन च्याम्पियनसिपमा बिजयी सुरुवात गरेको छ ।एभरेष्ट क्लब चितवनको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न खेलमा राप्ती रिभर फुटलब क्लबलाई टाइब्रेकरमा पराजित गर्दै एनएफसीले बिजयी सुरुवत गरेको हो ।

टाइब्रेकरमा एनएफसी नारायणगढ ४-२ ले बिजयी भयो । त्यस अघी निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो ।खेलमा एनएफसी नारायणगढले सुरुवाती अग्रता लिएको थियो । उसका लागी रमेश गडतौलाले गोल गर्दै अग्रता दिलाएका थिए । तर उसको अग्रता पहिलो हाफ सम्म मात्र सिमित रह्यो ।

दोस्रो हाफमा राप्ती रिभरले खेलमा बराबरी गर्‍यो । उसका लागी कप्तान मिलन लामाले गोल गरे । खेलको म्यान अफ द म्याच रमेश गडतौला घोषित भए । यसै बिच हरेक दिन टिकट काटेर फु्टबल हेर्ने दर्शकहरु मध्येबाट एक जनालाई दिईने आकर्षक पुरस्कार शनिबार लक्की ड्रबाट गणेश स्थानका रोहित पौडेलले प्राप्त गरेका छन् ।

प्रतियोगिता अन्तर्गत आइतबार जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर र नारायणी मोटर्स युनिक फुटबल क्लब भरतपुर बिच खेल हुनेछ । असार ७ गते सम्म चल्ने प्रतियोगिताको बिजेताले ३ लाख सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक एभरेष्ट क्लब चितवन अध्यक्ष अशोक देवकोटाले जानकारी दिए । उपबिजेताले १ लाख ५० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने तेस्रो हुने टोलीले नगद ५० हजार प्राप्त गर्ने देवकोटाले जनाए । प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले ६० हजार प्राप्त गर्नेछ ।

बिभिन्न ५ बिधाका उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा चितवनका बिभिन्न ८ तथा चितवन बाहिरका ८ गरी कुल १६ टोलीको सहभागीता रहेको छ । हनामि ईन्टरनेसनल एजुकेशन प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा रहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू