दुई साता लामो युरोप भ्रमणमा निस्किए प्रधानमन्त्री

काठमाडौं, जेष्ठ २५ – प्रधानमन्त्री केपी शर्मा ओली झण्डै दुई साता लामो युरोप भ्रमणमा निस्किएका छन् ।प्रधानमन्त्री ओली शनिबार साँझ जेनेभा प्रस्थान गरेका हुन् । भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रममन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत छन् ।
प्रधानमन्त्रीले जेठ २७ गते जनेभामा आयोजना हुन अन्तर्राािष्ट्रय श्रम सङ्गठन (आईएलओ)को शतवार्षिकीलाई सम्बोधन गर्नेछन् । त्यहाँ केही द्विपक्षीय भेटवार्ता पनि हुनेछ ।ओली त्यही दिन २७ साँझ बेलायत जानेछन् ।
प्रधानमन्त्रीले बेलायतमा केही उच्चस्तरीय भेटघाट गर्नुका साथै अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिने एक विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।उनले जेठ २९ गते फ्रान्सेली समकक्षी इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
तपाइँको प्रतिक्रिया