मिसेस चितवन २०१९ को फाइनल असार २ गते

एटुजेड समाचार

चितवन, जेष्ठ २५ – मिसेस चितवन २०१९ को फाइनल असार २ गते हुने भएको छ । दाताज इभेन्ट्सको प्रस्तुती मिसेस चितवन सिजन २ को फाइनल असार २ गते हुने शनिबार भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । फाइनल अघी असार १ गते प्री फाइनल हुने आयोजककी दुर्गा घिमिरेले जानकारी दिईन् ।

गत जेष्ठ ७ गते सम्पन्न अडिसनबाट छानिएका २३ प्रतियोगीहरुले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । अडिसनमा सहभागी ४५ जना महिलाहरु मध्य २३ जना छनोट भएको घिमिरेले जानकारी दिईन् । उनिहरुलाई १५ दिनको बिशेष तालिम दिईएको र थप १० दिन अन्य बिभिन्न कक्षाहरुले दिईने घिमिरेले बताईन् । प्रतियोगीहरुलाई कोरियोग्राफर जयन सुब्बा मानन्धरले १५ दिन कोरियोग्राफी गरेका थिए ।

कोरियोग्राफी बाहेक प्रतियोगीहरुलाई मोटिभेसनल कक्षा, नेतृत्व बिकास तालिम, पब्लिक स्पिकिङ सम्बन्धीका कक्षाहरु समेत दिईने आयोजककी मिना झाले बताईन् । यस्तै उनीहरुलाई बिभिन्न सामाजिक कार्यहरुमा समेत सहभागी गराइने झाले बताईन् । महिलाहरुमा क्षेमता भए पनि कहाँ कसरी प्रस्तुत गर्ने भन्ने बारे ज्ञान नहुँदा पछी पर्ने गरेको भन्दै झाले यस कार्यक्रममा सहभागी भए पछी उनिहरुमा हरेक कुराको बिकास हुने बताईन् ।महिलाहरु केबल घरायसी काममा मात्र ब्यस्त हुन नहुने भन्दै झाले महिलाहरुका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताईन् ।

आयोजककी दुर्गा घिमिरेले महिलाहरुलाई यसरी ब्युटी पेजेन्टमा सहभागी गराउनु आँफैमा चुनौतीपूर्ण भएको बताईन् । उनले चुनौतीका बाबजुत पनि पहिलो सिजन भब्यताका साथ सम्पन्न गर्न सफल भएको भन्दै घिमिरेले दोस्रो सिजन पनि सफल हुने विश्वास ब्यक्त गरिन् ।सबैमा केही न केही प्रतिभा हुने र यो पेजेन्टले आफुमा अन्तर्निहित प्रतिभा पहिचान गर्न मद्दत मिल्ने उनले बताईन् ।

यसलाई केबल सौन्दर्य प्रतियोगिताको रुपमा मात्र नबुझ्न आग्रह गरिन् । यसलाई सिक्ने अवसरको रुपमा लिन समेत घिमिरेले सबैलाई सुझाव दिईन् । यस्तै घिमिरेले सौन्दर्य प्रतियोगिता आर्थिक चलखेलको आधारमा बिजेता बनाउछन् भन्ने आरोप लाग्ने गरेको भन्दै यस प्रतियोगिता भने निष्पक्ष हुनेमा सबैलाई ढुक्क हुन आग्रह गरिन् ।

मिसेस चितवन सिजन १ कि फर्स्ट रनर अप रेनु तामाङले यस किसिममा सौन्दर्य प्रतियोगिताबाट धेरै कुरा सिक्न पाइने बताईन् । सिजन १ मा सहभागी भए पछी आफुमा पनि धेरै परिवर्तन भएको भन्दै तामाङले उपाधी जित्छु भन्दा पनि केही सिक्छु भन्ने सोच बनाउन प्रतियोगीहरुलाई सुझाव दिईन् । यस प्रतियोगिताले ब्यक्तित्व बिकास गर्न समेत मद्दत मिल्ने तमाङले बताईन् ।

प्रतियोगिताको बिजेताले नगद रु ५० हजार सहित बिभिन्न उपहारहरु प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै फर्स्ट रनर अपले ३० हजार, सेकेण्ड रनर अपले २० हजार तथा थर्ड रनरअपले १० हजार सहित बिभिन्न उपहारहरु प्राप्त गर्नेछन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु