जेष्ठ २५ – लामो समयको चर्चा पछी चेल्सीका बेल्जियन फर्वार्ड इडेन हजार्डलाई स्पेनिस महारथी रियल म्याड्रिडमा अनुबन्धित गरेको छ । रियलले हाजार्डलाई ५ वर्षको लागि क्लबमा ८८ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । हाजार्डले रियल म्याड्रिडका लागि ७ नम्बर जर्सी लगाउनेछन् ।
२८ वर्षीय हजार्डको बिहीबार राति नै स्पेनमा मेडिकल भएको थियो । उनको अनुबन्धन ५ वर्षको अवधिमा बढेर १३० मिलियन पाउन्ड पुग्ने क्लबले जनाएको छ । रियलले दुई वर्ष अघि देखि नै हजार्डलाई क्लबमा अनुबन्ध गर्ने प्रयास गरेपनि असफल भएको थियो । तर, यसपटक रियलले हजार्डलाई अनुबन्ध गर्न सफल भएको हो ।
रियलमा अनुबन्ध हुने पक्का भएसँगै हजार्डले यो कुनै गोप्य नरहेको र बाल्यअवस्था देखिनै रियल म्याड्रिडमा खेल्ने इच्छा पुरा भएको बताएका छन् । । ‘चेल्सीमा हरेक समय निकै सम्झनयोग्य समय बिताए । चेल्सीले मलाई फुकुवा गर्न चाहेको थिएन । तर, मैले नै रियल रोजे ।’ हजार्डले भने ।’
चेल्सीका निर्देशक मारिना ग्रानोसकाइयाले अजार्डले क्लब छाड्नु दुःखको क्षण भएको बताएका छन् । हामीले अब गुडबाई हजार्ड भन्नुबाहेक केही छैन । ‘उनलाई बाल्यकालमा रियलबाट खेल्ने सपना थियो । त्यो अब पुरा भएको छ । फरक देश र फरक क्लबमा थप सफलताको शुभकामना छ ।’ मारिनाले भने ।
हजार्डले चेल्सीमा ३५२ खेल खेल्दै ११० गोल गर्नुका साथै ९२ असिस्ट गरेका थिए । चेल्सीमा दुई प्रिमियर लिग, दुई युरोपा लिग, १ एफए कप र एक लिग कप जित्दा उनले महत्वपूर्ण योगदान गरेका थिए । एजेन्सी

