जेठ २४, काठमाडौं । पश्चिममा विकास भएको न्यून चापीय प्रणली र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको संयुक्त प्रभावले बिहीवार बेलुका कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
बिहीवार साँझ कैलाली र कञ्चनपुरमा विकसित भएको प्रणाली बिस्तारै सर्दै शुक्रवार विहान काठमाडौंसम्म आइपुगी हावाहुरीसहित वर्षा भएको महाशाखाका वरिष्ठ मौसमविद् मौसमविद् बरुण पौडेलले बताए । उक्त प्रणाली विस्तारै मध्य क्षेत्र हुँदै पूर्वतिर सर्दै गइरहेकाले क्षमता कमजोर भई घाम लागेको मौसमविद् पौडेलले जानकारी दिए ।
बेलुकापख भने पुनः प्रि–मनसुनको गतिविधि दोहोरी हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । मनसुन सक्रिय भएपछि मात्र प्रि–मनसुन कमजोर हुँदै जाने मौसमविद्को भनाइ छ ।
मौसमविद् पौडेलका अनुसार यस वर्ष मनसुन एक साता ढिलो गरी भित्रिने भएको छ । जलवाष्पयुक्त हावाको वायुमण्डलको माथिल्लो सतहसम्म प्रभाव कायम रहेमा मनसुन शुरु हुने गर्छ । हालसम्म यो प्रणाली विकसित नभएकाले मनसुन ढिलो भित्रिने सम्भावना रहेको हो । सामान्यतया नेपालमा मनसुन शुरु हुने समय जुन १० हो ।
गत वर्ष जुन ८ मा भित्रिएको थियो । शुक्रवार राति देशको पूर्वी र मध्य भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागहरुमा आंशिक बदली रही मध्य तथा पूर्वी भू–भागका केही स्थानहरुमा मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । रासस