सदिक्षा गैरे ,कावासोती २४ जेठ ,नवलपुर होटल व्यवसायी संघले प्रमुख जिल्ला अधिकारीको बिदाई तथा प्रहरी प्रमुखको स्वागत कार्यक्रम शुक्रबार कावासोतीमा सम्पन्न गरेको छ ।
संघले नवलपुरबाट सरुवा भई जान लाग्नुभएका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको विदाई र भर्खरै नवलपुरमा प्रहरी प्रमुखको रुपमा आउनुभएका मोहनप्रसाद पोख्रेललाई एक समारोहका बिच विदाई र स्वागत गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नेपालले नवलपुरवासीको माया बाट आफु प्रफुल्लित भएको बताउनुभयो । उहाले सबैको साथ र सहयोगका कारण आफु काम गर्न सक्षम भएको बताउनुभयो । इसत्ै प्रहरी प्रमुख पोख्रेलले आफुले जिल्लामा शान्तिसुरक्षा कायम राख्न नवलपुरवासीको साथ पाउने बिश्वास व्यक्त गर्नुभयो । होटल व्यवसायी संघ नवलपुरका अध्यक्ष बालकृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका उद्योगी व्यवसायी बुद्धिजिवि सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

