वर्षाले खेल प्रभावित भएपछी श्रीलंका र पाकिस्तानले अंक बाँडे

जेष्ठ २४ – वर्षाले खेल प्रभावित पारे पछी श्रीलंका र पाकिस्तानले अंक बाँडेका छन् । विश्वकप क्रिकेट अन्तर्गत आज हुने भनिएको श्रीलंका र पाकिस्तान बिचको खेल बर्षाको कारण हुन सकेन ।ब्रिस्टोलमा खेल सुरु हुनु अघि नै वर्षा भएको थियो । दुबै टिमका सदस्यहरु खेल सुरु हुनु पर्ने समय कटेको केही घन्टासम्म पनि मैदानमै बसेका थिए ।
तर पानी नरोकिएपछि एक बल पनि नखेलेर खेल रद्द भयो । विश्वकपमा पानीले खेल नभएर दुबै टिमले अंक बाँडेको यो तेस्रो पटक हो ।विश्वकप क्रिकेट अन्तर्गत शनिबार दुई खेल हुनेछ । शनिबार इंग्ल्याण्ड र बंगलादेश तथा अफगानिस्तान र न्यूजिल्याण्ड बिच खेल हुनेछ ।एजेन्सी
तपाइँको प्रतिक्रिया