पल्सर स्पोर्टस् अवार्डको सह-प्रायोजकमा रुस्लान

एटुजेड समाचार

काठमाडौं, जेष्ठ २४ – नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको सह-प्रायोजकको रुपमा विजय डिस्टि्रलरीको रुस्लान फुटबल जोडिएको छ ।शुक्रबार एक कार्यक्रमकाबीच मञ्चका अध्यक्ष देबेन्द्र सुबेदी र जावलाखेल ग्रुप अफ ईन्डस्ट्रिजका कार्यकारी निर्देशक सशिन जोशीले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताको अवधि एक वर्षको रहने छ ।

जावलाखेल ग्रुप अफ ईन्डस्टि्रजका कार्यकारी निर्देशक जोशीले खेलकुद क्षेत्रको विकासमा मञ्चले खेलेको भुमिकाको प्रशंसा गर्दै आफुहरुले सहकार्य गर्न पाउँदा खुसी लागेको बताएका छन् । मञ्चका अध्यक्ष देबेन्द्र सुबेदीले नीजि क्षेत्रको सहयोगले अवार्ड सम्भव भएको भन्दै कार्यक्रमलाई थप परिस्कृत बनाउँदै लैजाने प्रतिबद्वता व्यक्त गरेका छन् ।

नेपाली खेलकुदकै प्रतिष्ठित खेलकुद अवार्डको १६ औ संस्करण आगामी असार १७ गते आयोजना हुँदैछ । यस पटकको अवार्ड कार्यक्रममा ९ विधाका खेलाडी र खेलकर्मीसहित एक जना अन्तर्राष्ट्रिय खेल पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू