ज्ञानेन्द्र शाहीलाई छाड्न सर्वोच्चको आदेश

काठमाडौं, जेष्ठ २४ – सर्वोच्च अदालतले भ्रष्टाचारविरुद्धको अभियन्ताका रुपमा चिनिएका ज्ञानेन्द्रबहादुर शाहीलाई छाड्न आदेश दिएको छ ।शाहीलाई गैरकानूनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको रिट मा न्यायधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासले शुक्रबार रिहा गर्न आदेश दिएको हो।
अधिवक्ता महेश डंगोलले हालेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै उनलाई छाड्न अदालतले आदेश दिएको अदालतले जनाएको छ ।१५ जेठमा शाहीलाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतले पक्राउ गरेर काठमाडौं पठाइएको थियो । साइबर अपराध मुद्दामा पक्राउ परेका उनलाई सुर्खेत प्रहरीले हिरासतमा यातना दिएको आरोप लागेको थियो ।
तर, कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहले शाहीलाई सुर्खेतको हिरासतमै नराखिएको दाबी गरेका थिए । उनलाई पक्राउ गर्ने क्रममा केही प्रहरी समेत घाइते भएका थिए ।
तपाइँको प्रतिक्रिया