कार्यालयबाटै सब–इञ्जिनियर घुससहित रङ्गेहात पक्राउ

रोल्पा, जेष्ठ २४ – रोल्पाको माडी लुङ्ग्री करिडोर सिँचाइ आयोजनाका सब–इञ्जिनियर तारा श्रेष्ठलाई १ लाख घुससहित कार्यालयबाट रङ्गेहात पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार उनलाई पक्राउ गरेको हो ।
उपभोक्ता समितिबाट योजनाको अन्तिम बिल भुक्तानी गर्दा सब–इञ्जिनियर श्रेष्ठले घुस मागेको गुनासो आए पछी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटेको टोलीले छापा मार्दा उनी कार्यालयबाट रङ्गेहात पक्राउ परेका हुन् ।
घुससहित नियन्त्रणमा लिइएका श्रेष्ठमाथि थप अनुसन्धान अगाडि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नम्बर ५ बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया