सहबान अन्सारी,जेठ २४, नवलपरासी । नवलपरासीको प्रतापपुर गाउपालिका वडा नं ६ गुठी परसौनीमा वडा स्तरिय महिलाहरूको लागि ३ महिने सिपमुलक सिलाई कटाई तालिम आज सम्पन्न भएको छ । प्रतापपुर गाउपालिका वडा न. ६ को आयोजना तथा जन जागृती अपाङ्ग संस्था गुठी परसौनीको सहयोग उक्त तालिम सम्पन्न भएको हो ।
समापन कार्यक्रम बच्चा रायको अध्यक्षता तथा प्रतापपुर गाउपालिका वडा नं ६ का वडाध्यक्ष रामहरि उपध्यायको प्रमुख अथित्यता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि उध्यायले तालिमबाट सीप सिखेर महिलाहरू आयआर्जन गर्दै आत्मनिर्भर बन्ने बताए । साथै यस क्षेत्रमा यस्तै बिभिन्न किसिमको तालिमको आवश्यकता देखिएको हुदा आफू सक्दो सहयोग गर्ने धारणा ब्यक्त गर्नु भयो । वडा भित्र रहेका बेरोजगार नागरिकहरूलाई व्यवस्थापन गर्न पनि सिपमुलक तालिम संचालन गरिएको उनले बताए । कार्यक्रममा वडा सचिव राम बहादुर क्षेत्री , वडा सदस्य नगीना लाल राजभर , राजु गुप्ता , सहबान अन्सारी लगाएको उपस्थिती थियो ।तालिममा वडाका २२ जना महिलाकाे सहभागिता रहेको थियाे ।


