लायन्सद्धारा भरतपुर आँखा अस्पताललाई करोडौंको उपकरण

चितवन, जेठ २४–लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनद्धारा भरतपुर आँखा अस्पताललाई डेढ करोडको उपकरण हस्तान्तरण गरिएको छ ।
आज ९शुक्रबार० एक कार्यक्रमकाबीच फाउण्डेशनका तर्फबाट यस परियोजनाका प्राविधिक सल्लाहकार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९नाम्स०का उपकुलपति प्राडा देवनारायण शाह र परियोजनाका अध्यक्ष प्रा जयहरिराज पाण्डेले संघका सभापति एवं अस्पतालका अध्यक्ष कृष्णराज धरेललाई ती उपकरण हस्तान्तरण गरेका हुन् ।
सो क्रममा बोल्दै डा.शाहले धेरै मेहनतका साथ लायन्सको प्रोजेक्ट उपकरण चितवनमा भित्र्याउन सफल भएको बताए । उनले यसको श्रेय अस्पतालका सबै सदस्यहरुमा जाने बताए ।
पूर्व गर्भनर पाण्डेले नयाँ उपकरणले अस्पतालको उपचारमा थप टेवा पुग्नेमा विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै पूर्व गर्भनर प्रभातकुमार जोशीले विगतमा अस्पतालको सुरुवाती चरणको अवस्था सम्झदै आफूले देखेको सपना पुरा भएको बताए । उनले सपना देख्नुपर्ने भन्दै त्यसलाई पुरा गर्न काम गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष कृष्णराज धरेलले करोडौं मूल्यको उपकरण अस्पताललाई उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरे । उनले अस्पतालले अझै उपचारको दायरा फराकिलो बनाईने बताए ।
कार्यक्रममा सल्लाहकार चिजकुमार मास्केलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले शल्यक्रियाका लागि प्रयोग गरिने अप्रेटिङ माइक्रोस्कोप उपलब्ध गराएको हो । सो उपकरणको नेपाली ८२ लाख रुपैयाँ पर्न आउँछ । सो उपकरण जापान निर्मित हो ।
यस्तै फाउण्डेशनले रेटिनाको शल्यक्रियाका लागि चाहिने भिट्रेक्टोमी मेसिन पनि उपलब्ध गराएको छ । ७५ लाख रुपैयाँ पर्ने सो मेसिन स्वीजरल्याण्डमा निर्मित हो ।
फाउण्डेशनले तीन वर्षे प्रोजेक्ट अन्तरगत सो उपकरण उपलब्ध गराएको हो ।
तपाइँको प्रतिक्रिया