चितवन, जेष्ठ २४ – चितवनका युवा शिव कँडेलको आवाजमा रहेको ‘कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । गीत शुक्रबार सार्वजनिक भएको हो । सार्वजनिक गीतमा कँडेलकै शब्द संगीत रहेको छ भने बिपिन आचार्यको संगीत संयोजन रहेको छ ।
गीतको भिडियो चितवनको डान्स क्रिउ ‘द डान्स लेजेन्ड्स’ को फिचरिङ्ग रहेको छ । गीत भिडियोलाई सरोज अर्यालले निर्देशन गरेका हुन् । राजिव बस्नेतले खिचेको भिडियोलाई निखिल पराजुलीले सम्पादन गरेका हुन् । गीतका गायक कँडेलको र ‘द डान्स लेजेन्ड्स’ ले गीत हेरेर प्रतिकृया दिन आग्रह गरेका छन् ।