चितवनमै पहिलो पटक वाफल्स हाउस संचालनमा
चितवन, जेष्ठ २४ – चितवनमै पहिलोपटक भरतपुर स्थित सप्तगण्डकि चोकमा वाफल्स हाउस क्याफे संचालनमा आएको छ । विदेशमा सिकेर आएको सिप स्वदेशमा सदुपयोग गर्ने उद्देश्यले अनुप श्रेष्ठ र नवराज देवकोटा २ जना मिलेर क्याफे संचालनमा ल्याएका हुन्।
प्रबन्ध निर्देशक अनुप श्रेष्ठका अनुसार विदेशमा सिकेको सिपलाई स्वदेशमा नै सदुपयोग गर्दै चितवनमै पहिलो पटक वाफल्स हाउस संचालन ल्याइएको हो। पारिवारिक वातावारणमा म्युजिक सुन्दै विदेशी र नेपाली परिकारको स्वाद लिन पाइने श्रेष्ठको भनाई छ।
सवै वर्गलाई लक्षित गरि खोलिएको यो क्याफे ५ जनालाई रोजगार दिदै आइरहेको अर्का प्रबन्ध निर्देशक नवराज देवकोटाले जानकारी दिए । शान्त वातावरणमा धुम्रपान र मध्यपान बाट टाँडा रहेर रमाउन चहाने ग्रहाकहरुले पारिवारिक वातावरणमा सेवा लिन पाउने देवकोटाले बताए ।क्याफेमा चितवनमै पहिलो पटक वेल्जियन खानेकुरा वाफल्सको स्वादलिन पाइनेछ। कफी, फ्रेस जुस र अन्य परिकारहरु पनि पाइनेछ ।
तपाइँको प्रतिक्रिया