किर्तिमानी सगरमाथा आरोही कामिरिता उद्योग बाणिज्य संघ चितवनद्वारा सम्मानित

एटुजेड समाचार

चितवन, जेष्ठ २४ – विश्वको सर्वोच्च शिखर सगरमाथाको किर्तिमानी आरोही कामिरिता शेर्पा चितवनमा सम्मानित भएका छन् । २४ औं पटक सगरमाथाको सफल आरोहण गर्न सफल किर्तिमानी आरोही कामिरितालाई उद्योग बाणिज्य संघ चितवनले सम्मान गरेको हो । संघको कार्यालयमा शुक्रबार एक कार्यक्रमका बिच उनलाई खादा र सम्मानपत्र सहित सम्मनित गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले २४ औं पटक सगरमाथाको सफल आरोहण गर्न सफल किर्तिमानी आरोहीलाई कामिरितालाई चितवनमा स्वागत र सम्मान गर्न पाउनु संघ र समग्र चितवनकै लागि गौरवको कुरा भएको बताए । शेर्पा जस्ता आरोहीले नेपाललाई विश्वभर चिनाउन सफल भएको उनले बताए ।

यस्तै प्रधानले देशलाई विश्वभर चिनाउन सफल यस्ता प्रतिभालाई राज्यले उचित कदर र सम्मान नगर्दा भने दु:ख लागेको गुनासो गरे । उनले एक हप्तामै २ पटक सगरमाथाको सफल आरोहण गर्ने कामिरिता देशको गहना भएको भन्दै कामिरिता जस्ता अन्य धेरै आरोहीहरुलाई राज्यले सम्मानको लायक सम्झन जरुरी रहेको बताए ।

सम्मान ग्रहण गर्दै किर्तिमानी आरोही कामिरिताले चितवनको पहिलो भ्रमणमा नै माया र सम्मान पाउदा खुशी लागेको बताए । राज्यले खास्सै चासो नदिएको अवस्थामा अन्य संघ संस्थाले यसरी सम्मान गर्दा खुशी लागेको भन्दै उनले उद्योग बाणिज्य संघ चितवन प्रती आभर ब्यक्त गरे । ‘राज्यले हामीलाई सम्मान नगरे पनि नेपाली दाजुभाई दिदी बहिनी र बिभिन्न संघ संस्थाहरुले गर्दा खुशी लाग्छ – उनले भने ।’ यस्तै उनले आफु अर्को बर्ष ५० बर्ष पुग्ने र त्यही अवसरमा २५ औं पटक सगरमाथाको सफल आरोहण गर्ने लक्ष्यमा रहेको बताए ।

चितवन भन्ने नाम सुने पनि सगरमाथाको आरोहण गर्न नै ब्यस्त रहेको कारण घुम्ने अवसर नपाएको उनले बताए । पहिलो पटक चितवनको भ्रमण गर्दा यहाँ पर्यटकलाई लोभ्याउने धेरै बिशेषता देखेको उनको भनाई छ । यस्तै उनले चितवनको पर्यटन बिकासमा आफ्नो तर्फबाट गर्नु पर्ने सहयोगका लागि आफु तयार रहेको बताए ।

‘चितवनमा पर्यटक लोभ्याउने धेरै बिशेषता रहेछ मलाई थाहा थिएन उनले भने, अब म सबैलाई जीवनमा एक पटक चितवनको भ्रमण गर्नु पर्छ भन्ने सन्देश दिन्छु ।’ उनले सौराहा पर्यटकले घुम्नै पर्ने पर्यटकिय गन्तब्य भएको बताए । सगरमाथा चढ्न नै ब्यस्त रहेको आफु सौराहमा आएर हात्ती चढ्न पाउदा खुशी लागेको उनको भनाई छ ।

उद्योग बाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले कामीरिता जस्तो किर्तिमानी आरोहीलाई संघको तर्फबाट सम्मान गर्दा पाउदा खुशी लागेको बताए । उनले कामिरितालाई २५ औं पटक सगरमाथाको सफल आरोहणका लागि शुभकामना दिए ।

संघ तृतिय उपाध्यक्ष भोजराज कौडेलले कामिरिता जस्ता आरोहीहरुलाई राज्यले उचित सम्मान गर्न पर्ने बताए । उनले नेपाललाई सगरमाथाको देश भनेर चिनिने र कामिरिता जस्ता आरोहीले गर्दा नै बिदेशी पर्यटक तथा आरोहीले विश्वभरको नेपालको गुनगान गाउने गरेको बताए ।कामिरितालाई आइकनको रुपमा लिएर नेपालमा पर्यटक भित्र्याउन सकिने उनले बताए ।

कामीरिता माथि डकुमेन्ट्री बनाईरहेका बिनोद अधिकारीले आफु पनि चितवनकै भएकोले उनलाई आफ्नै जिल्लामा स्वागत तथा सम्मान गर्न पाउदा खुशी लागेको बताए । यस्तै उनले कामीरिता माथि बनिरहेको डकुमेन्ट्री छिट्टै प्रिमियर हुने जानकारी दिए ।

यस्तै सोही कार्यक्रमका बिच उद्योग बाणिज्य संघ चितवनले अर्का आरोही निर्माण पुर्जा मगरलाई पनि सम्मान गरेको छ । निर्माल अहिले ‘पोसीबल’ अभियान लिएर अघी बढीरहेका छन् । यो अभियानमा उनले ७ महिना भित्र नेपालका १४ वटा हिमालको सफल आरोहण गर्नेछन् । उनले यो अभियानलाई एक जुट भएर साथ दिन सबैलाई आग्रह गरेका छन् । निर्मल चितवन निवासी हुन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु