कैलालीमा हावाहुरीमा परी ज्यान गुमाउनेको संख्या २ पुग्यो

एटुजेड समाचार

कैलाली, जेष्ठ २४ – कैलालीमा हावाहुरीमा परेर दुई जनाको ज्यान गुमाउनेको संख्या २ पुगेको छ । बिहीबार बेलुकी हावाहुरी चलेपछि टिकापुर नगरपालिका–२ राजीपुरमा मोटरसाइकल अनियन्त्रित भएर टिप्परसँग ठोक्किँदा मोटरसाइकल चालक स्थानीय वीरबहादुर चौधरीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै त्यही ठाउँमा हुरीबतासले पर्खाल भत्काउँदा पोल्ट्रिफार्म सञ्चालन गरेर बसेका ४७ वर्षका लाहानु दवैराको ज्यान गएको छ । भत्किएको पर्खालले लागेर घाइते भएका दवैराको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।हावाहुरीमा परी ७० जनाभन्दा धेरै घाइते भएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु