पहिरोको कारण मुग्लिन–नौबीसे सडक खण्डमा सवारी आवागमन बन्द

चितवन, जेष्ठ २४ – देशकै लाइफलाइन मानिने पृथ्वी राजमार्गको सवारी आवागमन अवरुद्ध भएको छ ।राजमार्गको मुग्लिन–नौबीसे सडक खण्डमा पर्ने मौवाखोलामा पहिरो खसेपछि शुक्रबार बिहानैदेखि राजमार्गको सवारी आवागमन प्रभावित भएको हो ।
बिहान करिब ३ः३० बजे खसेको पहिरोले सडक पुरिएपछि दुवैतर्फ सवारी रोकिएको चितवन प्रहरीले जनाएको छ । लामो समयदेखि सवारी रोकिएकाले अहिले राजमार्गमा सवारीको लामो लाइन बनेको छ ।अहिले पहिरो पन्छाउने काम भइरहेको छ । ठूलो पहिरो खसेकाले सडक पूर्ववत सञ्चालनमा आउन समय लाग्ने प्रहरी भनाइ छ ।
तपाइँको प्रतिक्रिया