भरतपुर,जेठ २४ -‘इको क्लब’ अर्किड स्कूल, भरतपुरले ‘विश्व वातावरण दिवस’को अवसरमा वातावरण संरक्षण सम्बन्धी विविध कार्यक्रम आयोजना गरी सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको छ।
‘इको क्लब’का संयोजक मुक्तिराम सापकोटा को संयोजकत्वमा आयोजित विविध कार्यक्रम अन्तर्गत वातावरण संरक्षण सम्बन्धी विद्यार्थी अभिमुखीकरण गोष्ठी, समुदाय सरसफाइ कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता, हस्तकला प्रतियोगिता, वातावरण संरक्षण सचेतना सम्बन्धी नाटक प्रदर्शन आदि कार्यक्रम सम्पन्न भएको छ। विशेषत: कक्षा सातदेखि नौ सम्मका विद्यार्थीहरुको सहभागीता रहेको उक्त सप्ताहव्यापी कार्यक्रम शिक्षक हरिराम रेग्मीले सहजीकरण गर्नुभएको थियो। कार्यक्रम जुन १ – ६ सम्म सप्ताहव्यापी रुपमा मनाइएको थियो।
