कैलालीमा आएको हावाहुरीमा एक जनाको मृत्यु ,५३ जना घाइते

एटुजेड समाचार

कैलाली ,जेठ २४ -कैलालीमा बिहीबार साँझ आएको हावाहुरीमा परी एक जनाको मृत्यु भएको छ ।  हावाहुरीमा परी घाइते भएका गोदावरी नगरपालिका माझगाउँका वीरबहादुर चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।हावाहुरीमा सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा गरी ५३ जना घाइते भएका प्रहरीले जनाएको छ ।

बिहीबार साँझ ८ बजेतिर आएकाृ हावाहुरीमा परि कञ्चनपुरमा पुरुष ३, महिला ८, बालक ५ र बालिका ५ जना गरि जम्मा २१ घाइते भएको जिल्ला प्रहरी कार्यालय भामदत्तनगरका डीएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए । यस्तै कैलाली आसपासमा जम्मा ३२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी सुदिप गिरीले जानकारी दिए ।

एसपी गिरीका अनुसार रातको समय भएकाले अन्य क्षतिको विवरण भने आउन सकेको छैन । तर रुखहरु ढलेका छन् भने सयौं घरका छानाहरु उडाएको छ ।घाइतेहरुको अहिले स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू