कैलाली, कञ्चनपुरमा वितण्डा मच्चाएको आँधी पूर्वतिर बढ्दै, सर्तक रहन आग्रह

जेठ २३,काठमाडौं । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरबाट सुरु भएको हावाहुरी बर्दिया र दाङतर्फ पनि बढ्दै गएको जनाइएको छ ।
गृहमन्त्रालय अर्न्तगतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले ट्विट गर्दै हावाहुरी विस्तारै पूर्वतिर बढ्दै गएकोले सर्तकता अपनाउन आग्रह गरेको छ ।
आँधीले के गर्यो ?
कैलाली कञ्चनपुर जिल्लामा आँधीले वितण्डा मच्चाउँदा एकजनाका मृत्यु भएको पुष्टि भएको छ भने ६३ जना घाइते भएका छन् । कैलाली, गोदावरी नगरपालिकाका वीरबहादुर चौधरीको मृत्यु भएको र घाइते हुनेको संख्या ६३ पुगेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । आँधीबाट विशेषगरी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका प्रभावित भएको उनको भनाइ छ ।
घाइतेमध्ये सेती अञ्चल अस्पतालमा १८ जनाको उपचार भइरहेको छ । पद्मा अस्पताल अत्तरियामा १३ र निसर्ग अस्पतालमा ७ जनाको उपचार भइरहेको उनको भनाइ छ ।
उनले घाइतेको संख्या अझै बढ्न सक्ने बताए ।
बिहीबार बेलुका आएको आँधीले घरका छाना उडाउनुका साथै बालीनालीमा व्यापक क्षति पु¥याएको उनले बताए । जिल्लास्थित सुरक्षा निकायले क्षतिको विवरण संकलन गरिरहेको र उद्धारमा जुटेको उनको भनाइ छ । बाह्रखरीबाट
तपाइँको प्रतिक्रिया