आमाको माया छात्राबासलाई चितवन भेट्रानको आर्थिक सहयोग

चितवन, जेष्ठ २३ – चितवन भेट्रान फुटबल क्लबले आमाको माया छात्राबासलाई आर्थिक सहयोग गरेको छ । बिहीवार छात्राबासमा नै पुगेर चितवन भेट्रानले आर्थिक सहयोग गरेको हो ।चितवन भेट्रानका अध्यक्ष रबिन्द्र श्रेष्ठले छात्राबासकी अध्यक्ष कृष्ण कुमारी गिरीलाई १० हजार हस्तान्तरण गरे । यस्तै आफ्नो जन्म दिनको अवसरमा चितवन भेट्रानका अध्यक्ष श्रेष्ठले ब्यक्तीगत रुपमा ५ हजार सहयोग गरेका छन् ।
सहयोग हस्तान्तरण गर्दै चितवन भेट्रानका अध्यक्ष श्रेष्ठले छात्राबासलाई आर्थिक समस्या नहोस् भनेर थोरै भए पनि सहयोग गरिएको बताए ।छात्राबासकी अध्यक्ष गिरीले यस किसिमको सहयोगले आफुहरुलाई ठुलो राहत मिल्ने बताईन् । यस्तै गिरीले आगामी दिनमा अन्य संस्थाहरुबाट पनि सहयोगको अपेक्षा रहेको बताईन् । कार्यक्रममा चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीको बिशेष उपस्थिती रहेको थियो ।
तपाइँको प्रतिक्रिया