चितवन, जेष्ठ २३ – विश्व वातावरण दिवसको अवसरमा ग्रीनल्याण्ड पब्लिक स्कुलले भरतपुर १२ ले भरतपुर महानगरपालिकालाई केज सहयोग गरेको छ ।स्कुलले महानगरपालिकालाई पानीका खाली बोत्तल राख्नका लागि केज प्रदान गरेको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर १२ मा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुलले प्रदान गरेको केज चौबिसकोठीमा राखिएको छ । पानी पिएर बोत्तल जथाभावी फाल्दा बातावरण प्रदुषण हुने भएकोले स्कुलले केज सहयोग गरेको हो । उक्त केज चौबिसकोठीमा राखिएको छ । पानीको बोतल व्यवस्थापनका गर्नका लागि केज प्रदान गरिएको विद्यालयकी प्राचार्य ईन्दिरा कार्कीले बताइन् ।बातावरण सफा राख्नु सबैको जिम्मेवारी भएको पन्तले बताईन् ।
भरतपुर महानगरपालिका वातावरण शाखाकी जानुका केसीले बातावरण सफा राख्नका सबै एकजुट हुनु पर्ने बताईन् । केसी मानिसमा चेतना नभए सम्म बातावरण सफा हुन नसक्ने बताईन् । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरी, विद्यालयका शिक्षक, वे ग्रुपका सदस्यहरुको सहभागिता रहेको थियो ।