अर्थमन्त्रालयले सच्यायो बजेट पुस्तिकामा भएको त्रुटि

काठमाडौं, जेष्ठ २३ – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमा देखिएको त्रुटि सच्याएको छ ।बजेटको अनुसूची १ र २ मा त्रुटि भएको र त्यसको गम्भीर अर्थ लाग्ने भन्दै नेपाली कांग्रेसले बनाएको छाया सरकारका अर्थमन्त्रीसमेत रहेका सांसद डा. मिनेन्द्र रिजालले ध्यानाकर्षण गराएका थिए ।
सरकारले आगामी आर्थिक वर्ष चालु खर्च ७ सय ८३ अर्ब, पूँजीगत खर्च २ सय ७३ अर्ब र वित्तीय व्यवस्था १ सय ५३ अर्ब रुपैयाँ हुने संशोधित अनुमान गरेको छ । यसअनुसार चालु आर्थिक वर्षमा १२ खर्ब ८ अर्बको स्रोत साधन चाहिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका थिए ।
सरकारले राजस्वबाट ८ सय ६० अर्ब राजस्व जम्मा हुन्छ भनेको थियो जुन राजस्वमध्ये १ सय २ अर्ब प्रदेश र स्थानीय सरकारलाई दिनुपर्ने हुन्छ । त्यसो गर्दा संघीय सरकारले खर्च गर्न पाउने राजस्व रकम ७ सय ५८ अर्ब रुपैयाँ हुन्छ ।तर बजेट पुस्तिकामा प्रदेश र स्थानीय तहलाई दिनुपर्ने राजस्व कुल राजस्वबाट घटाउनुको सट्टा जोडेर संघीय सर्वसञ्चित कोषमा दाखिला हुने गरी ९ सय ६२ अर्बको राजस्व अनुमान गरेको थियो । जुन त्रुटि
तपाइँको प्रतिक्रिया