जेष्ठ २३ – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले चाइनिज ताइपेसँग बराबरी खेलेको छ । बिहीवार भएको खेलमा नेपालले चाइनिज ताइपे सँग १-१ को बराबरी खेलेको हो । गोलको बराबरी खेलेको छ ।पहिलो हाफमा चाइनिज ताइपेले नेपाललाई निकै दबाबमा राखेको थियो । दबाबका बिच नेपालले पहिलो हाफमा एक गोल खायो । गोलकिपर किरण चेम्जोङको गल्तिमा चाइनिज ताइपेले पहिलो हाफमा गोल गर्दै अग्रता लियो । ।
पहिलो हाफ दबाबमा खेलेको नेपाल दोस्रो हाफमा भने लयमा फर्कियो । नेपालले दोस्रो हाफमा गोलका केही अवसर सृजना गरेको थियो । नेपालले खेलको ६९औं मिनेटमा गोल गर्दै बराबरी गर्यो । सन्तोष तामाङले प्रहार गरेको पि्रकिकमा अभिषेक रिजालले हेडर गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा पुर्याए ।मलेसियाविरुद्धको खेलबाट डेब्यु गरेका रिजालले राष्ट्रिय टिममा परेको दोस्रो खेलमा नै गोल गर्न सफल भए ।

