बच्चालाई दुर्व्यवहार गरेको भन्दै सलमानले हाने सेक्युरिटीलाई झापड

जेष्ठ २३ – बलिउडका सल्लु भाई अर्थात सलमान खान अभिनित फिल्म ‘भारत’ अहिले प्रदर्शन भईरहेको छ । बुधवारबाट प्रदर्शनमा आएको ‘भारत’ आज दोस्रो दिनमा चलिरहेको छ । फिल्मले पहिलो दिन धमाकेदार ओपनिङ गरेको छ । पहिलो दिन नै भारतले ४२ करोड ३० लाखको व्यापार गरेको छ ।
यो सलमानको कुनै पनि फिल्मले गरेको सबै भन्दा ठुलो ओपनिङ हो । यस्तै यस बर्ष रिलिज भएको अन्य फिल्महरुको ओपनिङ ब्यापारलाई समेत भारतले उछिनेको छ ।अली अब्बास जफरको निर्देशन रहेको फिल्ममा सलमान सँगै कटरीना कैफ, ज्याकी श्राफ, सुनील ग्रोवर लगायतको पनि अभिनय रहेको छ ।
हालै मात्र सलमानको एउटा भिडियो भाईरल भएको छ । मुम्बईको एक मलमा फिल्मको प्रिमियरको क्रमको एउटा भिडियो इन्टरनेटमा आए सँगै भाईरल भएको छ । प्रिमियरको लागि सलमान खान मलमा पुग्दा उनलाई हेर्नका लागि फ्यानहरु जम्मा भएका थिए । उनीहरुको भिडले सलमानलाई घेरेको थियो । त्यही भिडमा एक जना सानो बच्चा पनि रहेका थिए । ति बच्चा पनि सलमानलाई हेर्न गएका थिए ।
सेक्युरिटी गार्डले ति बच्चालाई दुर्व्यवहार गरे पछी सलमान ती सेक्युरिटी गार्डलाई झापड हानेका छन् । मलमा सलमानलाई हेर्न घुइँचो लागेको फ्यानहरु मध्य एक जना सानो बच्चा पनि रहेका थिए । भिडलाई हटाउने क्रममा सेक्युरिटीले ति बच्चालाई धकेलेका थिए । त्यस्तो देख्ने बित्तिकै सलमानले ति सेक्युरिटीलाई झापाड लगाएका हुन् ।
उक्त भिडियो उनकै एक फ्यानले रेकर्ड गरेर सामाजिक सन्जालमा सार्वजनिक गरेका हुन् । भिडियो सार्वजनिक भए पछी फ्यानहरुले सलमानको प्रशंशा गरेका थिए । सलमानले आफ्नो फ्यानको लागि गरेको व्यवहार प्रशंसनिय भएको उनको फ्यानहरुको बुझाई रह्को छ । एजेन्सी
Omg, @BeingSalmanKhan literally slapped a security guard for getting rough with a fan kid! #Bharat #SalmanKhan pic.twitter.com/05VFSRecmP
— 🎐 (@heartgetshurt) June 5, 2019
तपाइँको प्रतिक्रिया