प्रतापपुरमा खुल्ला क्रिकेट प्रतियोगिता शुरु

एटुजेड समाचार

सहबान अन्सारी, जेठ २३,प्रतापपुर,नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ६ गुठी परसौनीमा खुल्ला क्रिकेट प्रतियोगिता आज बाट शुरु भएको छ ।
प्रतापपुर गाऊपालिका वडा नं ६ को आयोजना तथा माउन्ट एभरेष्ट क्रिकेट युवा समिति को समन्यवयमा उक्त प्रतियोगिता शुरु भएको हो । प्रतियोगिता उदघाटन नेपाली काग्रेसका पुर्व सांसद देवकरण प्रसाद कलवारले गर्नु भएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अथिति कलवारले युवा तथा खेलकुदका लागि आफु बाट हरतरहबाट सहयोग गर्ने बताऊनु भयो।
साथै खेल विकासका लागी यस किसिमको प्रतियोगिता हुन आवश्यक रहेको उहांँले बताउनु भयो ।
कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष रामहरि उपाध्याय,वडा नं ८ का वडाध्यक्ष कादिर अन्सारी, शसस्त्र प्रहरी नायब निरिक्षक पृथ्वी बहादुर शाहि, आयुर्वेद औषधालय गुठी परसौनीका प्रमुख दिनबन्धु मिश्रा, राजेश पाण्डे,ईद्रिस अन्सारी, कन्हैया कुमार हरिजन, दिलिप गुप्ता, सुरज गुप्ता लगायतहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा कुल ३० टिमको सहभागिता रहने तथा करिब १५ दिन संचालन रहने आयोजकले जनाएको छ।
प्रथम हुने टिमलाई २५ हजार नगद सिल्ड, मेडल र प्रमाण पत्र त्यस्तै दितिय हुने टिमलाई १५ हजार नगद सिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने बताईएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु