‘भारत’ ले तोड्यो सलमानको सबै रेकर्ड

एटुजेड समाचार

जेष्ठ २३ – बुधवारबाट रिलिज भएको सलमान खान अभिनित फिल्म ‘भारत’ ले धमाकेदार ओपनिङ गरेको छ । इदको अवसरमा रिलिज भएको ‘भारत’ ले पहिलो दिनमा उनको अहिले सम्मकै सबै रेकर्ड ब्रेक गरेको छ । फिल्मले पहिलो दिन ४२ करोड ३० लाखको व्यापार गरेको फिल्म ट्रेड एक्सपर्ट तरण आदर्शले जनाएका छन् ।

सलमानको ‘भारत’ ले उनको आफ्नै फिल्म ‘सुल्तान’ को ओपनिङ रेकर्ड ब्रेक गरेको हो । ‘सुल्तान’ ले पहिलो दिन ३६ करोड ५४ लाखको व्यापार गरेको थियो । फिल्मले सलमानको ब्यक्तिगत रेकर्ड मात्र नभई यस बर्षको सबै रेकर्ड ब्रेक गरेको छ ।

‘भारत’ यस बर्षकै ठुलो ओपनिङ गर्ने फिल्म बनेको छ । यस अघी ‘केसरी’ ले पहिलो दिन २१ करोड ६० लाखको ब्यापार गरेको थियो । फिल्मले समिक्षकहरुबाट राम्रो प्रतिकृया पाईरहेको छ ।अली अब्बास जफरको निर्देशन रहेको फिल्ममा सलमान सँगै कटरीना कैफ, ज्याकी श्राफ, सुनील ग्रोवर लगायतको पनि अभिनय रहेको छ । (एजेन्सी)

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु