जेठ २३ -चलचित्र ‘जाइरा’को टिजर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको बिच टिजर सार्वजनिक गरिएको हो ।५८ सेकेण्ड लामो टिजरमा नम्रता श्रेष्ठलाई मात्र प्रस्तुत गरिएको छ । उनि मिक्स मार्शल आर्ट खेलाडी (एम.एम.ए) को भूमिकामा देखिएकी छन् ।
चलचित्र ‘जाइरा’मा नम्रता सगै अनुपबिक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, र नवकलाकार सृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको पनि अभिनय छ । कलाकार मगर नम्रताको कोचको भूमिकामा छन् ।आशुतोष राज श्रेष्ठले ‘जाइरा’लाई निर्देशन गरेका हुन् । कार्यक्रममा श्रेष्ठले चलचित्र मिक्स मार्शल आर्ट केन्द्रित भएपनि प्रमुख प्लट बदला रहेको बताए ।
भदौ ६ गते देखि प्रदर्शनमा आउने यस चलचित्रमा कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडले संगीत , सम्राट बस्नेतको द्वन्द, राउल मोक्तान र मेघराज चेम्जोङले कोरियोग्राफीको काम गरेका छन् । चलचित्रलाई बाबु श्रेष्ठले खिचेको सिनेमालाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।कटामरी फिल्मसको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्डसेटर्स प्रालिको व्यानरमा निर्मित ‘जाइरा’मा कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् । चलचित्रको निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा छ ।