धनकुटाका पत्रकारमाथि अज्ञात समुहद्वारा कार्यलयमा आक्रमण

एटुजेड समाचार

जेठ २२,धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटका कार्यकारी सदस्य तथा डि वि आर टेलिभिजन धरानका पत्रकार दिल वहादुर राई (आशिष) राईलाई गएराती टेलिभिजनको कार्यालयमा काम गरिरहेको अवस्थामा आक्रमण भएको छ । घटनाको नेपाल प्रेस युनियका केन्द्रिय उपाध्यक्ष तथा पत्रकार महासंघ धनकुटका पूर्व अध्यक्ष विजय सन्तोषी राईले विज्ञप्ती प्रकाशित गरी घोर भत्सना गर्दै आक्रमणकारीलाई कडा कारवाहीको माग गरेका छन् ।

पत्रकार राईलाई धरान स्थिति डि वि आर टेलिभिजनको कार्यालयमा काम गरिरहेको अवस्थामा चार पाच जनाको समुह आई एक्सासी आक्रमण गरी गंभिर घाईते बनाएको धरानका पत्रकार मनिला चाम्लिङ्गले वताईन । आक्रममा परी गंभिर घाईते भएका राईको धरान स्थित वि पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भैरहेको छ ।

एक आक्रमणकारी पक्राउ परेको र अन्य आक्रमणकारीहरुलाई पनि तत्काल पक्राउ गरी कडा कारवाहीको माग गर्दै घाईते पत्रकार राईको शिघ्र स्वास्थ्य लाभको कामना समेत  केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईले विज्ञप्ती मार्फत गरेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु