उमेर छैन नत्र ५० वर्ष शासन चलाउँथे – प्रधानमन्त्री ओली

काठमाडौं, जेष्ठ २२ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसित उमेर भएको भए ५० वर्ष शासन चलाउने सक्छु जस्तो लाग्ने बताएका छन् । बुधबार काठमाडौं महानगरपालिकाको स्मार्टसिटी प्रविधि प्रतिस्पर्धाको अन्तिम छनोट कार्यक्रममा बोल्दै उनले ‘समय भएको भए अझै ५० वर्ष शासन चलाउँथेंजस्तो लाग्ने गरेको’ बताए ।
‘तानाशाहजस्तो लामो समय शासनमा बसिरहन खोजेकोचाहिँ होइन’–उनले भने ।प्रधानमन्त्री ओलीले युवाहरुसित समय रहेको भन्दै उनीहरुलाई उत्पादनशील बन्न सुझाव दिए ।विश्वका अरु देशहरुलाई प्रकृतिले सीमित स्रोत दिएको तर नेपालमा अथाह स्रोत रहेको भन्दै उनले तर नोट नहुँदा देश पछिपरेको टिप्पणी गरे ।
तपाइँको प्रतिक्रिया