हिन्दूराष्ट्रका लागि सडकमा उत्रिन्छौ – पशुपति शमशेर

एटुजेड समाचार

काठमाडौं, जेष्ठ २२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि छिट्टै सडक संघर्षमा उत्रिने बताएका छन् ।बुधबार रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा उनले हिन्दु राष्ट्र बनाउने वाचा गरिसकेकाले यसको लागि सम्पूर्ण शक्ति सडक संघर्षमा लगाउने बताए ।

‘नेपाललाई विदेशीको इशारामा दुई/चार जना नेताले धर्मनिरपेक्षता बनाए । हाम्रो पार्टी यसको विरुद्धमा छ । अब सम्पूर्ण शक्ति एक भएर धर्मनिरपेक्षतालाई उल्टाउँछौं’ उनले भने ।उनले नेपालमा ८१ प्रतिशत हिन्दू र ९४ प्रतिशत ओमकार परिवार रहेकोले अब सबै एकीकृत भई हिन्दूराष्ट्र बनाउन लाग्नुपर्नेमा जोड दिए । उनले नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि विदेशी सहयोग नचाहिने पनि स्पष्ट पारे ।

अध्यक्ष राणाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यतिवेला ढुलमुल भएर बसिरहेको पनि आरोप लगाए । उनले भने, ‘कांग्रेसले प्रमुख विपक्षीको भूमिका खेल्नै सकेको छैन् । अब कांग्रेसले प्रष्ट रुपमा विरोधी शक्तिको नेतृत्व लिनुपर्छ ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू