लामो प्रतिक्षा पछी ‘सुपर ३०’ को ट्रेलर रिलिज

जेष्ठ २२ – लामो प्रतिक्षा पछी अभिनेता ऋतिक रोशनको अभिनित बलिउड फिल्म ‘सुपर ३०’को ट्रेलर सार्वजनिक गरिएको छ ।फिल्मको ट्रेलरमा ऋतिकले ‘सुपर ३०’ लाई उत्पादन गर्न गरेको संघर्ष र त्यागलाई देखाइएको छ । उनले इण्डियाको गरिब परिवारबाट कसरी ३० होनहारलाई विश्व सामु चिनाउछन भन्ने कथामा सिनेमा आधारित छ । ट्रेलर रिलिजसँगै दर्शकले ऋतिकको अभिनय र लुक्सको प्रसंशा गरेका छन् ।
२०१७ मा ‘काबिल’ रिलिज पछि कुनै फिल्म रिलिज न भएको ऋतिक रोशनको ‘सुपर ३०’लाई प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ ।पटक पटक रिलिज मिति पोस्टपोन भएको ‘सुपर ३०’जुलाई १२ मा रिलिज हुदै छ ।केही वर्ष पहिले देखि चल्दै आएको कंगना रनौत र ऋतिक रोशनको कोल्ड वारका कारण पनि निर्माण पक्षले सिनेमालाई अन्य डेटमा सारेको हो ।विकास बहलले निर्देशित फिल्ममा ऋतिक रोशनका अलवा विरेन्द्र सक्सेना, मनुरल ठाकुर,नन्दीश शर्मा, पंकज त्रिपाठीलगायतका कलाकारहरुको पनि अभिनय छ ।एजेन्सी
तपाइँको प्रतिक्रिया