अब भरतपुुरबाटै कम्पनी सम्बन्धी सम्पूर्ण काम हुने

चितवन, जेष्ठ २२ – गत वैशाख १९ गते ग्राफिक मार्ग प्रा.लि.को कार्यालय भरपुरबाट ‘इम्पेरियल एब्रोड एजुुकेशन प्रा.लि. कम्पनी रजिष्ट्रार कार्यालय काठमाडौंमा दर्ता भयो । दर्ता संगै कम्पनीका संचालकले भरतपुरमै बसेर कम्पनी रजिष्ट्रारको कार्यालयबाट उपलव्ध हुने कम्पनी दर्ता प्रमाणपत्र समेत हात पारे ।
काठमाण्डौं नगईकन प्रमाणपत्र हातपारेकोमा इम्पेरियल एब्रोड एजुकेशनकी अध्यक्ष पुण्यवती ढकाल (ईटनी)ले खुसी व्यक्त गरिन् । उक्त कार्यको लागी कम्पनीका सञ्चालकले नत कुुनै कानुुन व्यावसायीलाई गुुहार्नु प¥यो, न त काठमाडोँ नै जानुु पर्ने झन्झट, मोफसलमै कम्पनी दर्ता गरी प्रमाणपत्र दिने सहज व्यवस्था मिलाएको थियो, भरतपुर–११ वाईपासरोड स्थित ग्राफिक मार्ग प्रा.लि.ले ।
इम्पेरियल एब्रोड एजुकेशन त एक उदाहारण मात्र हो । ग्राफिक मार्ग प्रा.लि.ले नै दर्ता गरिदिएको अर्को कम्पनी मिरर नेपाल कन्स्ट्रक्सन प्रा.लि.का अध्यक्ष रामकुमार खड्काले कम्पनी दर्ताको लागि आवश्यक कागजपत्र वुझाएको दुई दिनमै आफुले कम्पनी दर्ता प्रमाणपत्र हात पारेकोमा आश्चर्यसहित खुसि व्यक्त गर्नु भयो ।
पछिल्लो व्यस्तताको समयमा काठमाण्डौ गएर अनावश्यक समय र पैसा खर्च गरि कम्पनी दर्ता गर्ने दिन गएको वताउँदै उनले त्यस्तो समस्याबाट मुक्ति पाउन ग्राफिक मार्गलाई संझनुको विकल्प नभएको वताए ।
यसैगरी, लोहनी विल्डर्स प्रा.लि.का अध्यक्ष अनिल लोहनीले कम्पनीको शेयर खरिद बिक्रि गर्ने क्रममा कम्पनी सम्वन्धी नै काम गर्ने अन्य ठाउँमा पुग्दा महिनौसम्म झुलाएर काम नभएकोमा पछुतो मान्दै ग्राफिक मार्ग प्रालीमा आएर सुपथ शेवा शुल्कमा निर्धारित समय भित्रै काम सम्पन्न भएकोले सहि ठाउँमा आईपुगेको अनुभूती भएको बताए
। यसरी नयाँ कम्पनी दर्ता गर्ने लगायत कम्पनी सम्बन्धी कुनै पनि अन्य कामहरु हामी गरिदिन्छौ, चितवनको आधिकारीक ब्यक्ति हामी मात्र हौ, भनेर काम नगर्ने र महिनौ सम्म झुलाईदिने तथा काम भए पनि चर्को शुल्क लिएर सर्वसाधारणलाई अप्ठयारोमा पारेको गुनासो लिएर धेरै कम्पनी सञ्चालकहरु आईरहेको कुरा अवगत गराउदै, यस्ता दर्जनौ कम्पनी प्रा.लि. दर्ता गरिसकेको ग्राफिक मार्ग प्रा.लि.का प्रवन्ध निर्देशक जनक खड्काले जानकारी दिए ।
नयाँ कम्पनी दार्ता कसरी र कहाँबाट गर्ने, कर भ्याट तथा अडिट सम्बन्धी जानकारी कँहाबाट लिने र नेट ईन्ट्रि तथा अनलाईन सम्बन्धी जानकारी तथा भरपर्दो सेवा कहाँबाट लिने भन्ने विषयमा अन्योलमा परेका व्यवसायीहरुले ग्राफिक मार्ग प्रा.लि.मा आएर निशुल्क रुपमा उचित परामर्श लिन सक्ने प्रवन्ध निर्देशक खड्काले बताए ।
गत फागुन २७ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई भरतपुरबाटै कम्पनी सम्बन्धी सम्पूर्ण कामहरु गर्ने उदेश्यले स्थापित ग्राफिक मार्ग प्र.लि.ले औपचारिक रुपमा यहि वैशाख ४ गते देखि आफ्नो सेवा शुभारम्भ गरेको ग्राफिक मार्ग प्रा.लि.की अध्यक्ष गोमा डाँगीले जानकारी दिए ।
नयाँ कम्पनी दर्ता सहित पुराना कम्पनीको नविकरण, शेयर खरिद बिक्रि, पुँजी वृद्धि, नामसारी, ठाउँसारीलगायतका कम्पनी रजिष्ट्रारको कार्यालय काठमाण्डौंबाट हुने सम्पुर्ण काम भरतपुर बाट नै गर्ने गरि कम्पनी रजिष्ट्रारको कार्यालयबाट इजाजत लिएर काम गरिरहेको ग्राफिक मार्ग प्रा.लि.का प्रवन्ध निर्देशक खड्काले जानकारी दिए ।
पछिल्लो समय, बजारमा विभिन्न फर्म तथा व्यक्तिहरुले चर्को शुल्क लिएर नयाँ कम्पनी दर्ता गर्ने गरेको अवस्थामा ग्राफिक मार्ग प्रा.लि.ले न्यून शुल्क लिएर छिटो, छरितो र भरपर्दो तरिकाले कम्पनी सम्बन्धी काम गर्ने र कम्पनी सम्बन्धी काम गरिसकेका कम्पनीका सञ्चालकहरुलाई कम्पनीको छाप, लोगो, ब्रुसर, भिजिटीङ कार्ड, बिल, भरपाई, फेलेक्स बोर्ड तथा कम्पनीलाई आवश्यक पर्ने अन्य छपाई तथा डिजाईन सम्बन्धी सम्पूर्ण कामहरु कता जाने, कसरी गर्ने भन्ने झन्झटिलो नहोस् भन्ने अभिप्रायले डिजाईन तथा छपाई सम्बन्धी कामहरु पनि छिटो छरितो र सुपथ मुल्यमा गर्दै आएको जानकारी दिँदै खड्काले आगामी अषाढ मसान्तसम्म कम्पनी सम्बन्धी काम गर्नको लागि विशेष छुटको व्यवस्था गरिएको समेत बताए ।
तपाइँको प्रतिक्रिया