आज विश्व बातावरण दिवस, बिभिन्न कार्यक्रम गरी मनाइँदै

एटुजेड समाचार

जेष्ठ २२ – आज जुन ५ अर्थात विश्व बातावरण दिवस । “स्वच्छ वायु स्वस्थ जीवन” भन्ने नाराका साथ विश्व वातावरण दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले विभिन्न कार्यक्रमहरु कार्यक्रम गरिरहेका छन् ।

संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरणप्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि बर्सेनि जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउन थालिएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू