२७ गैंडा मार्ने राजकुमार प्रजा यसो भन्छन ः कैद भुक्तानपछि समाज सेवा गर्न चाहन्छु !

सूर्यप्रसाद अधिकारी, जेठ २२, चितवन । कलिलो उमेर मै लागू औषधको कुलतमा परेका उनी नशा छाड्न सक्ने अवस्थामा थिएनन् । लागू औषधको लागि चाहिने पैसा पनि जुटाउन त्यो भन्दा झन मुस्किल । चितवनको कोराकको विकट गाउँका उनी दिदीभिनाजुको घरमा बसेर खैरहनीको एउटा सरकारी स्कुलमा पढ्थे । तर उनको अवस्था पढाई भन्दा नशातिर होमिएको थियो । ‘न पैसा जुटाउन सक्ने न नशा छाड्न सक्ने अवस्थामा थिएँ । न जागिर न व्यापार’ गैंडा तस्किरीमा लाग्न्ु पर्ने आफ्नो अवस्था सुनाए उनले । पैसा जुटाउन जे पनि गर्न तयार भए उनी नशाको लागि । यो वाध्यता नै जिन्दगीको मोड बन्न पुग्यो राज कुमार प्रजाको लागि, जो अहिले भरतपुर कारागारमा कैदी जीवन विताई रहेका छन् ।
उनले के मात्र गरेनन, अरुको धानको कुन्यु झांँटेर बेचेननकी, मुसुरो चोरेर बेचेननकी । यतिले मात्र पुग्दैनथ्यो । लागू औषधको लागि पैसा जोहो गर्न कम मुस्किल थिएन उनलाई । घडी, रेडियो जे पायो तेही वेचेर पनि लागुऔषध प्रयोग गर्ने अवस्थामा थिएँ । नत्र नशा विनाको पीडाले रन्थनु अवस्था हुन्थ्यो , ’ उनले भने ।
सोझो तरीकाले पैसा कमाउने विकल्प उनले कतै देखेनन् । माओबादी द्धन्द चरमोत्कर्षमा पुगेको वेला थियो त्यो समय । उनको अन्तिम विकल्प बन्यो गैडाको खाग तस्करी । १५ बर्ष कैद र १५ लाख रुपैया जरीवाना सहितको सजायमा जेल जीवन विताउंँदै छन उनी । २७ वटा गैडा मार्ने चोरी शिकारी प्रमाणित भए पछि उनी जेलको चिसो छिंँडीमा छन् ।
चेपाङ नेपालका अति सिमान्तकृत समुदायमा पर्छ । त्यहि समुदायका हुन उनी । जंगलका गीठा भ्याकुर खोजेर छाक टार्नु त्यो समुदायका लागि नौलो होईन । तर गैंडा तस्करी सम्म बन्न पुग्नु भने नौलो हो त्यो समुदायबाट । राजकुमारको परिवार अति विपन्न थियो । बुबाआमा सहित ४ जना दाजुभाई अन्य दीदी वहिनीहरु थिए उनको परिवारमा । सबैले आफ्नो नांँगो आंङ छोप्न र भोको पेट भर्न ज्याला मजदुरीनै गर्ने बाध्यता थियो ।
दाजुभाईमा कान्छा राजकुमारको स्वभाव भने पहिल्यै देखि फरक खालको थियो । अरु दाजुहरुले नपढेपनि पढ्नु पर्छ भन्ने भावना उनमा सानैदेखि थियो । अन्तत उनी कोराककै स्थानीय स्कुलमा भर्ना भए । पढ्नमा ठीकै उनी अन्य क्रियाकलापमा भने चतुर थिए । सरासर पास भएका उनी पांँच कक्षा पास भएपछि भने खैरहनीको स्कुलमा भर्ना भए । जहांँ उनको भिनाजुको घर थियो । त्यहांँपनि उनी पास हुदै गए । १० कक्षासम्म पढिसक्दा भने उनी त्यहांँको वातावरण, साथी संगतिको कारण लागुऔषध दुव्यर्सनीको शिकार बनिसकेका थिए ।
त्यतिबेला आफ्ना काका, अन्य नातेदार गैडाको तस्करीबाट पैसा कमाएका छन भन्ने उनले नथापाएका पनि होइनन । तर कसरी गैडा मार्ने ,खाग कसलाई बेच्ने बारे अन्जान थिए उनी । यतिकैमा गाउंँका अन्य साथीहरुले उनलाई गैडाको खाग बेच्ने र पैसा कमाउने लोभ देखाइहाले ‘के खोच्छस काना आंँखो’ उनी ६० सालतिर त्यही समुहको पछि लागे ।
राती निकुञ्जमा गैडामार्ने हातहतियार , खाना पकाउने सामान सहित उनी पनि संँगै गए । त्यो पहिलो पटक अनि रातको क्षण अनकण्टार जंगल उनलाई डर नलागेको पक्कै होइन । उनी भन्छन ‘डर भगाउन साथीहरुले रक्सी, गाँजा लगायतका नशालु पदार्थ संँगै लिएर जान्थे त्यसपछि डर लाग्दैनथ्यो’ त्यति खेरका दिन सम्झन्छन् उनी ।
शुरुका दिन उनलाई बन्दुक हान्न नसिकाएपनि सहयोगीको रुपमा मात्रै काम गर्नथाले उनी । ‘कतिदिन त गैडा शिकार नभए त्यही जंगलमा बस्ने गथ्र्र्यों, कहिले आगो बालेर , कहिले रुखमा’ उनी भन्छन । विस्तारै उनले बन्दुकले कसरी निशाना लगाउने भन्ने काम सिकिहाले । त्यसपछित उनी भन्दा सिपालु अरु निक्लनै सकेनन । अन्तत उनी त्यस समुहको नाइकेनै बने । उनी भन्छन , ‘सुट गर्ने, बाटो देखाउने र काममा म निपुर्ण भइसकेको थिए ।’ विस्तारै पैसा आउन थालेपछि त झन उनमा झन जोस जांँगर उत्तिकै पलाउन लाग्यो । त्यतिबेलासम्म उनलाई खाग कतिमा लान्छन, कहाँ लगिन्छ , केही थाहा थिएन ।
साथीले दिएको केही हजारमा उनी चित्त बुझाउंँथे । ‘त्यतिबेलाको समय नगद २०, २५ हजार बुझ्दा पनि हाम्रो लागि ठुलो रकम हुन्थ्यो’ उनी सम्झन्छन । विस्तारै उनी एक नम्बरको सार्प सुटर भए । निशाना फरकनै नपर्ने । गैडा कहांँ हुन्छ कति बेला भेटिन्छ सजिलै भेउ पाउने भइसेका थिए उनी । उनीमा पैसाको मोह झनै बढ्न थाल्यो । दिनमा २,३ वटा भन्दा बढी पनि गैडा मार्थे कहिलेकाही उनले । तर जंगलमा भकाभक मर्ने गैडाको चोरी शिकारी रोक्ने निकायलाइनेै पत्तो हुदैनथ्यो । द्धन्द्धकाल उनलाई पो फलिफाप बन्यो ।
अधिकांश सेना प्रहरी युद्धमै होमिनुपथ्र्यो । यसै कारणले पनि उनलाई गैडामार्न सहज भयो । ‘यदि यो द्धन्दकाल नभएको भए म यस धन्दा हुदैनथे कि त पहिलै समातिसकेको हुन्थें होला’ उनी भन्छन् । द्धन्द्धको कमजोरीको फाइदानै यिनले यहांँ दुरुपयोग गरे । गैडा चोरी शिकारी, र मृत्युको संख्या बढ्न थालेपछि भने् सरकारको ध्यान यतातिर खिचियो । फलस्वरुप चेपाङहरुकै संलग्नता देखिएपछि भने उनी सहित अन्य साथीहरु सर्वाधिक खोजीको सुचीमा परे । तर यसको सुइको उनले् कतै न कतै बाट पाइहाल्थे । ‘एकदिनको कुरा हो राती म घर आएको बेला एकाएक सेनाले घर घेर्यो, म फन्दामा परें । म सहित तीन चारजना समातिए । अरुलाई केरकार गर्दा म उम्किएर भागिहाले , सेनाले गोलि हान्यो तर मलाई लागेन भाग्यवश’ उनले चाखलाग्दो घटना सुनाए ।
यस्ता घटना उनीसंँग कति दोहोरिएर उम्किए उनलाई सबै सम्झना छैन । तर यति हुंँदाहुदै पनि उनले यस्तो जघन्य अपराध छोड्न सकेनन् । उनका आफन्त पक्रिदापनि उनी गैडा मारिरहेका हुन्थे । किनकी उनमा पैसा मोह यति बस्योकि उनी त्यो पैसाले राजधानीका रेष्टुरृण्ट, कहिले धरान, कहिले कता लुकिछिपि हिडिरहन्थे तर प्रहरीले पक्रनै सक्दैनथ्यो ।
सर्वाधिक खोजीको सुचीमा रहेका उनी आफ्नो हुलीयानै फेरेर मलेशियासम्म भागे । तर अन्तत इन्टरपोलमार्फत पक्राउ परे उनी २०७१ सालमा । २७ वटा गैडाको खाग बेचेका उनी जेलमा ती दिन सम्झेर अहिले गहिरो पछुतोमा परेका छन ।
‘मैले अपराध गरेको हुंँ मैले सजाय भोग्नु पर्छ पछुतो मानेर के गर्नु ? के गर्नु यस्तो हुन्छ भन्ने सम्म थाहापाएको भए, म यो काम गर्थिन होला ’ प्रायश्चितमा उनको चित्त वुझाई छ । अहिले चालीस बर्षको भए उनी अहिले । अझ ११ बर्ष बाँकी छ निस्किदा ५१ बर्ष हुन्छन् ।
यस अपराधमा लाग्नुको अर्को ठूलो कारण ४, ५ पटकसम्म सेना प्रहरीमा भर्ती हुने प्रयास असफल हुनु ।
‘मैले कतिपटक सेना पुलिसमा जागिरको लागि आवेदन दिए तर मेरो भनसन गरिदिने कोही भएन , अनि मेरो अन्तिम विकल्प यही बन्यो’ उनको आक्रोश पनि छ । यो समयमा आएर उनलाई आफ्नो भन्दा बढी परिवारको चिन्ता छ । एक छोरा एक छोरीका बाबु उनी अहिलेसम्म श्रीमतीले जेनतेन गुजारा चलाउनु परेको अवस्थाले उनलाई झन गलाउंँछ । ‘ जिन्दगीमा मैले कमाएको पैसा केही बचेको भएपनि परिवारले दुख पाउंँथेनन । जेलबाट निस्किए पछि के काम गर्ने न विदेशको भीषा लाग्छ नत कामनै पाउंँछु ’ अध्यारो भविश्य देख्छन् उनी । जेलबाट छुटे पनि जिन्दगी कसरी विताउने उनीसँग कुनै योजना छैन । चिन्ता छ परिवारको । ‘मेरो परिवार र छोराछोरीको लालनपालन र शिक्षाको ग्यारेण्टी भए म सामाजिक सेवा गर्न चाहन्छु ’ उनको चाहना छ ।
तपाइँको प्रतिक्रिया