इदउल फित्रको अवसरमा भोलि सार्वजनिक विदा
जेठ २१,मुस्लिम धर्माबलम्बीहरुको महान चाड इदउलफित्रको अवसरमा भोलि सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले जेठ १० गतेको निर्णय अनुसार सूचना प्रकाशित गरी विदा दिने निर्णय गरेको हो ।
तर, यता प्रदेश २ मा लगातार मुस्लिम धर्मावलम्बीको पर्व इद उल फित्रको अवसरमा दुई दिन विदा हुने भएको छ ।
केन्द्र र प्रदेश सरकारले फरक फरक दिन विदा घोषणा गरेकाले दुई दिन विदा हुने भएको हो । तर प्रदेश २ सरकारले बुधबार र बिहिबार विदा दिने निर्णय गरेको छ ।
प्रदेश मन्त्रीस्तरीय बैठकले बुधबार इद उल फित्रको विदा दिने निर्णय गरेको आन्तरिक तथा कानून मन्त्रालयका शाखा अधिकृत हेमबहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रदेश २ मा अधिकांश मुश्लिम धर्माम्बलीहरुले बुधबार नै इद पर्व मनाउनेछन् । प्रदेश सरकारले यही दिनलाई लक्षित गरी विदा दिएको जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रिया