चितवन खबरको वार्षिकोत्सवमा भुवन चन्द सम्मानीत

जेठ २१,चितवन । चितवनबाट प्रकाशित पहिलो र एक मात्र रंगिन साप्ताहिक पत्रिका चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले आफ्नो गौरवमय आठौं वार्षिकउत्सव सम्पन्न गरेको छ । पत्रिकाको आठौं वार्षिकोत्सवको अवसरमा नेपालकी प्रथम नायिका भुवन चन्द सम्मानित भएकी छिन । सोमबार नायिका चन्दलाई चलचित्र क्षेत्रको बिकासमा बिगत चार दशकदेखि पु(याएको योगदान स्वरुप चितवन खबर पत्रिकाले बिशेष सम्मान गरेको हो ।
भरतपुरमा आयोजित कार्यक्रममा चन्दले चितवन खबरले पत्रकारिताको क्षेत्रबाट चितवन खबरले समाजमा पुर्याएको योगदानको प्रशंसा गरिन । पत्रिकालाई शुभकामना दिदै चन्दले उत्तरोत्तर प्रगतिको कामना गरिन ।
उनले् आगामी दिनहरुमा चलचित्र क्षेत्रको बिकासमा निरन्तर प्रतिबद्धता व्यक्त गरिन । कार्यक्रमको विशिष्ट अतिथि बरिष्ठ चलचित्रकर्मी ऋद्दीचरण श्रेष्ठले पत्रकारिताको माध्यमबाट चितवन खबरले समाजका लागि गरेको अतुलनीय योगदान अविष्मणीय रहेको बताए । सो अवसरमा चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले बिभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरुलाई समेत सम्मान गरेको थियो । कार्यक्रमको सभापति एवम् चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाकी सम्पादक इन्दिरा पन्तले आगामी दिनमा सबैको सल्लाह सुझाव अनुसार नै पत्रिकालाई अझ परिष्कृत र परिमाजर्न गर्दै लैजाने बताइन ।
सम्पादक पन्तले अहिलेसम्म पत्रिका सञ्चालनमा सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै रचनात्मक सल्लाह सुझावको अपेक्षा गरिन। चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाका महाप्रबन्धक हरि कार्की ूलक्कीूले आगामी दिनमा पत्रकारिताको माध्यमबाट समाजलाई सुसुचित गर्ने कार्यमा सदैव अडिक रहने प्रतिबद्धता व्यक्त गरे । महाप्रबन्धक कार्कीले पत्रकारिताको माध्यमबाट समाजलाई सुशुचित गर्नु आफ्नो दायित्व रहेको भन्दै सो कार्य पुरा हुँदै जानु नै गर्वको विषय रहेको बताउनुभयो । चितवन खवर पत्रिकाको स्तम्भ संयोजक प्रमुख जय पाठक ूजे।पीूले स्वागत मतव्य राख्नुभएको कार्यक्रममा समाजसेवी सुर्य बहादुर कार्की, चलचित्र निर्माता कृष्ण खनाल लगायत ब्यबसायी, पत्रकार एबं बिभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरुको सहभागीता रहेको थियो ।
तपाइँको प्रतिक्रिया