जेठ २१,चितवनः कालिका नगरपालिका वडा नम्बर ८ गैरीवारी निवासी मृगौला पिडितलाई नेपाली काँग्रेस नगर समितिले आज आर्थिक सहयोग गरेको हो । काँग्रेस नगर समितिको संयोजनमा मृगौला पिडित ३७ वर्षिय भूवन वास्तोलाको परिवारलाई काँग्रेसले १ लाख ७६ हजार ५ सय रुपैंया हस्तान्तरण गरेको हो ।
काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको उपस्थितिमा आर्थिक संकलन समितिका संयोजक निरुजा श्रेष्ठले भूवनका भाई वुहारी सृजाना बास्तोलालाई सो रकम हस्तान्तरण गर्नु भएको हो । लामो समय देखि मृगौलाको समस्याबाट पिडित भूवनको दुईवटै मृगौलाले काम नगर्ने अबस्थामा पुगे पछि कालिका नगरसमितिले कृयाशिल सदस्यहरु संग सहयोग संकलन गरेर रकम हस्तान्तरण गरेको नगर सभापति राजु श्रेष्ठले जानकारी दिनु भयो ।
चार महिना अघि दुवै मृगौलाले कम नगर्ने अवस्थामा पुगेका वास्तोला अहिले काठमाडौको शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा उपचार गराई रहनु भएको छ । रकम हस्तान्तरण पछि बोल्दै नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले काँग्रेस सुख, दुखको साथि भएको बताउनु भयो । हरेक दुखमा साथ दिईरहने बताउँदै उहाँले काँग्रेसले सामाजिक उत्तर दायित्व अन्तर्गत यस्ता कार्यक्रमहरु गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस चितवनका जिल्ला सदस्य कृष्णकुमार श्रेष्ठ, कालिका नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष लिला गुरुङ्, नेपाली काँग्रेस वडा सभापति लिला वहादुर श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।
