विश्वकप क्रिकेट : पहिलो जितको खोजीमा अफगानिस्तान र श्रीलंका

जेष्ठ २१ – विश्वकप क्रिकेटमा आज अफगानिस्तान र श्रीलंकाबीच बिच खेल हुँदैछ । आफ्नो पहिलो खेलमा हार व्यहोरेको दुबै टिम आज पहिलो जितको खोजीमा रहेको छ । श्रीलंका आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो । उता अफगानिस्तान अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो ।खेल समयअनुसार ३ बजेर १५ बजे कार्डिफस्थित सोफिया गार्डेनमामा हुनेछ ।
अफगानिस्तान टिम
गल्बादिन नाइब (कप्तान), अफतब आलम, अस्घर अफगान, दवालत जद्रान, हमिद हसन, हस्मातउल्लाह शाहिदी, हज्रतउल्लाह जजाई, मोहम्मद नावी, मोहम्मद शाहजाद, मुजिब उर रहमान, नजिबुलाह जद्रान, नोर अली जद्रान, रहमत शाह, राशिद खान, समिउल्लाह शिनवारी ।
श्रीलंका टिम
दिमुथ करुनरत्ने (कप्तान), धनन्जय डे सिल्भा, नुवान प्रदीप, अभिश्का फर्नान्डो, सुरंगा लकमल, लासिथ मालिंगा, एन्जेलो मथेवस, कुशल मेन्डिस, जीवन मेन्डिस, कुशल परेरा, थिसरा परेरा, मिलिन्डा सिरिवार्दना, लाहिरु थिरिमाने, इसुरु उडना जेफ्रिय भन्डर्सी ।एजेन्सी
तपाइँको प्रतिक्रिया