विश्वकप क्रिकेटमा पाकिस्तानद्वारा इंग्ल्यान्ड पराजित
जेष्ठ २१ – विश्वकप क्रिकेटमा आयोजक इंग्ल्यान्ड बिरुद्द पाकिस्तानले जित हात पारेको छ ।पाकिस्तानले गए राति सम्पन्न खेललमा इंग्ल्यान्डलाई १४ रनले पराजित गर्यो । पाकिस्तानले दिएको ३४९ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै ३३४ रन मात्रै बनायो ।
इंग्ल्यान्डका लागि जोइ रुटले १०७ र जोस बुटलरले १०३ रन बनाए पनि टोलीको हार भने टार्न सकेनन् । रुटले १०४ बलमा १० चौका र १ छक्का प्रहार गरे ।बुटलरले भने ७६ बलमा ९ चौका र दुई छक्का प्रहार गरे । पाकिस्तानका लागि वाहब रियाजले तीन र मोहम्मद अमिर शादब खानले समान २–२ विकेट लिए ।
त्यस अघी टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३४८ रनको बिशाल योगफल तयार पार्यो ।पाकिस्तानका मोहम्मद हफिजले ८४ रन बनाए । उनले ६२ बलमा ८ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, बाबर अजामले ६३, कप्तान सर्फराज अहमदले ५५, इमाम उल हकले ४४ र फखर जमानले ३६ रन बनाए ।इंग्ल्यान्डका मोइन अली र क्रिस वोकसले समान ३–३ विकेट लिए । विश्वकप अन्तर्गत आज अफगानिस्तान र श्रीलंकाबीच खेल हुनेछ । एजेन्सी
तपाइँको प्रतिक्रिया