सगरमाथामा मृत्युको व्यापार ,शव ल्याउँदा एक करोड माग

एटुजेड समाचार

काठमाडौं ,जेठ २१ -सगरमाथा आरोहण गर्न २५ हजार अमेरिकी डलर (करिब २८ लाख) लिने आरोहण कम्पनीले आरोहीको मृत्यु हुँदा भने करिब एक करोड रुपैयाँसम्म असुल गर्न थालेका छन् ।

आरोहीको मृत्युपछि आधार शिविरसम्म शव ल्याउँदा मागिने ठूलो रकमले आरोहणप्रति नकारात्मक धारणा बढ्ने आशंका यस क्षेत्रका व्यवसायीले गर्न थालेका छन् ।

आरोहणमा गुणस्तरीय सेवा दिने र दुर्घटना कम गराउन सुरक्षाका उपाय अवलम्बन गर्नसमेत यसमा संलग्न कम्पनीहरु चुक्न थालेका छन् । यो समाचार आजको नागरिक दैनिकमा गुणराज लुइँटेलले लेखेका छन् ।

पदयात्रा क्षेत्रमा ‘फेक रेस्क्यु’ ले पारेको नकारात्मक असरभन्दा ठूलो प्रभाव अब आरोहणमा हुने मृत्यु र घटनास्थलबाट शव ल्याउने क्रियाकलापबाट पर्ने देखिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु