सहबान अन्सारी ,जेठ २०, नवलपरासी, नवलपरासीमा शीषण हावाहुरीका कारण केरा खेतीमा नराम्रो क्षति हुन पुगेको छ ।
आईतवार साझ आएको हावाहुरीले केरा खेतीमा प्रत्यक्ष असर परेपछि केरा किसानहरु मर्कामा परेका छन । क्षति हुनेमा सबै भन्दा बढी प्रतापपुरको वडा नं।८,९,र ६ त्यतै सुस्ता गाऊपालिकाको वडा नं ३,४र ५ बढी क्षति भएको छ। ।
जिल्लाको दक्षिणी सिमावर्ती क्षेत्रहरुमा नगदे बालीको रुपमा गर्दै आएका सयौं किसानहरुको करिब ५ सय बिगहामा लगाईएको केरामा क्षति पुगेको नवलपरासी केरा संघका अध्यक्ष लखु यादवले बताउनु भयो ।
यसरी प्राकृतिक समस्या बाट किसानहरुको क्षति न्युन गर्नको लागी पटक९पटक बिमा कम्पनीहरु संग पहल गर्न खोज्दा बिमा कम्पनीहरुले अटेर गर्दै आएको हुदाँ यसको प्रत्यक्ष असर किसान माथी पर्न गएको यादवले बताए । तयारी अवस्थामा रहेको केरा क्षति पुर्याए पछि उत्पादन मुखी नभएको बताईएको छ।
केरा फल्ने समयमा क्षति पुगेपछि करिब ५० प्रतिशत उत्पादनमा कमि आउने आशंका समेत गरिएको छ ।
केरा किसानहरुले आफुले लगाईएको केरा खेतीमा असर पुगेपछि सम्बन्धित निकायले अनुगमन गरि उचित क्षतिपुर्ति उपलब्ध गराउन स्थानिय,,र राज्य सरकार सित माग समेत गरेको छन ।
हाल जिल्लाको प्रतापपुर र सुस्ता गाऊपालिकामा करिब १३ बिगहा केरा खेती गरिएको छ ।