अन्तर संचार माध्यम हाजिरी जवाफ प्रतियोगितामा रेडियो त्रिवेणी प्रथम

एटुजेड समाचार

चितवन, जेष्ठ २० – नारायणगढ जेसिजले आयोजना गरेको अन्तर संचार माध्यम हाजिरी जवाफ प्रतियोगितामा रेडियो त्रिवेणी १००.६ मेगाहर्ज प्रथम भएको छ । बिभिन्न ८ वटा संचार माध्यमहरु सहभागगी भएको हाजिरी जवाफ प्रतियोगितामा भरतपुर ११ को जागृती चोकमा रहेको रेडियो त्रिवेणी प्रथम भएको हो ।

धावन रिक्रियशन पार्टी प्यालेस भरतपुर ११ को जागृती चोकमा भएको हाजिरी जवाफमा नमस्ते टेलीभिजनले दोस्रो स्थान हासिल गर्‍यो । यस्तै कायाकैरन दैनिकले तेस्रो स्थान हासिल गर्‍यो । प्रथम भएको रेडियो त्रेवेणीले ८ हजार प्राप्त गर्‍यो भने दोस्रो भएको नमस्ते फिल्मीले ६ हजार तथा तेस्रो भएको कायाकैरनले ४ हजार रुपैया प्राप्त गर्‍यो ।

नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रमेश चन्द्र भुषाल प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कृष्ण गिरि र नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा विशिष्ट अतिथि रहेका थिए । कार्यक्रम नारायणगढ जेसिजका वर्ष २०१९का अध्यक्ष विकासमान श्रेष्ठको अध्यक्षतामा समपन्न भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू