बातावरण संरक्षणका लागि टिम चितवनको प्रशिक्षण

चितवन, जेष्ठ २० – बातावरण संरक्षणका लागि टिम चितवनको आयोजनामा प्रशिक्षण कार्यक्रम शुरु भएको छ । चितवनमा सकृय बिभिन्न सामाजिक क्लबहरुको छाता संगठन ‘टिम चितवन’ को आयोजनामा ‘बातावरण र यसको संरक्षण’ बिषयक सेमिनार सोमबारबाट शुरु भएको हो । बातावरण दिवस २०७६ को अवसरमा दारी ग्याङ, स्माइल नेपाल, हेल्प फर ह्याप्पिनेस, एम डब्लु आर आर लगायतको सामाजिक क्लबहरुको छाता संगठन ‘टिम चितवन’ ले उक्त कार्यक्रमको आयोजना गरेको छ ।
सेमिनारको प्रदेश ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री लामाले बातावरण संरक्षणमा युवाको भूमिका महत्वपूर्ण हुने बताए । उनले बातावरण संरक्षणका लागि युवाहरु नयाँ तरिकाले अघी सर्नु पर्ने बताए । उनले तीन तहको सरकार मिलेर बातावरण संरक्षणमा लाग्नु पर्ने बताए । पछील्लो समय जंगल मासिदै र जमिन बाझिदै गएको बताएका छन् । रुख काटेर जंगल मास्ने र जमिन बाझो राख्न गर्दा मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरेको उनले बताएका छन् ।
दुई सम्म चल्ने कार्यक्रमको पहिलो दिन सोमबार युवाहरुलाई लक्षित गरी प्रशिक्षण दिईएको छ । सोमबार बातावरणविद डा अनुप गुरुङ र सुशिल कुमार कार्कीले प्रशिक्षण दिएका थिए । बातावरण कसरी सफा र हरियाली बनाउने भन्ने बिषयमा पहिलो दिनको सेमिनार केन्द्रित रहेको थियो । हाम्रो वरपरको बातावरण कसरी जोगाई राख्ने, रुख बिरुवालाई जोगाएर बातावरण कसरी हरियाली बनाउने भन्ने बिषयमा पहिलो दिन युवाहरुलाई प्रशिक्षण दिईएको स्माइल नेपालमा अध्यक्ष सन्तोष पन्तले जानकारी दिए ।
सेमिनारको दोस्रो दिन मंगलबार महिलाहरुलाई प्रशिक्षण दिने आयोजकल जनाएको छ । दोस्रो दिन डा. अनुप गुरुङ,सुशिल कुमार कार्की र तुलसी ज्ञवालीले प्रशिक्षण दिने आयोजकले जनाएको छ । महिलाहरुलाई घर भित्रबाट निस्कने फोहोरलाई व्यवस्थापना गरेर कसरी बातावरण सफा राख्न सकिन्छ भन्ने बिषयमा प्रशिक्षण दिईने आयोजकले जनाएको छ ।
महिला सचेत भएको खण्डमा घरबाट निस्कने फोहोरलाई सही तरिकाले व्यवस्थित गर्न सकिने र त्यसले बातावरण संरक्षणमा ठुलो भूमिका खेल्ने आयोजकको विश्वास रहेको छ । कार्यक्रम व्यवस्थापन संयोजक ले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रम दारी ग्याङ चितवनका संयोजक रेशम अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो । सेमिनारलाई एक्पर्ट एजुकेसन एण्ड भिषा सर्भिसेज चितवनले प्रायोजन गरेको हो ।
तपाइँको प्रतिक्रिया