तरकारीको बिषाधी चेक गर्ने मेसिन चितवनमा आउँदैछ – मन्त्री लामा

एटुजेड समाचार

चितवन, जेष्ठ २० – प्रदेश ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले तरकारीको बिषाधी चेक गर्न मेसिन चितवनमा आउने बताएका छन् । टिम चितवनले बातावरण दिवसको अवसर पारेर आयोजना गरेको बातावरण र यसको संरक्षण बिषयक कार्यक्रममा बोल्दै उनले अबको केही दिनमा नै उक्त मेसिन चितवनमा आईपुग्ने बताएका हुन् ।

‘जहाँ जहाँ तराकारी खेती हुन्छ त्यहा अघिल्लो दिन राती हेर्दा सानो हुन्छ भोली पल्ट बिहान उठेर हेर्दा ठुलो भैसकेको हुन्छ, त्यो सबै बिषै बिषले बनाएको हुन्छ उनले भने, अब चितवनमा तरकारी खानु अघी बिषाधी चेक गर्ने मेसिन आउँदैछ ।’ प्रदेश सरकार यस बारे गम्भिर भएको भन्दै उनले छिट्टै बिषाधी चेक गर्ने मेसिन चितवनमा ल्याइने बताएका हुन् ।

मन्त्रीले लामाले चितवन सँगै मकवानपुर, नुवाकोट र काभ्रेमा उक्त मेसिन उपलब्ध गराइने बताएका छन् । तरकारीमा बिषाधी हालेर मानिसको स्वास्थ्य सँग खेलबाड गरिने भएकोले त्यसलाई न्युनिकरण गर्नका लागि उक्त मेसिन ल्याउन लागिएको उनको भनाई छ । उनले केहीले पैसा कमाउनका लागि मानिसहरुलाई तरकारीको नाममा बिष खुवाउने गरेको आरोप समेत लगाएका छन् ।

यस्तै मन्त्री लामाले पछील्लो समय जंगल मासिदै र जमिन बाझिदै गएको बताएका छन् । रुख काटेर जंगल मास्ने र जमिन बाझो राख्न गर्दा मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरेको उनले बताएका छन् । उनले बाझो बसेको जमिनमा उत्पादनमुखी फलफुल रोप्न सकिने बताएका छन् । उनले सामुहिक खेती गरेर उत्पादन बढाउन सकिने बताएका छ्न् ।

‘चितवनको माडीमा सामुहिक खेती शुरु भएको छ अन्त पनि त्यसरी नै सामुहिक खेती गर्न सकिन्छ उनले भने उत्पादन बढाउने र खर्च कम गर्ने हो भने सामुहिक खेती गर्न पर्छ ।’ उनले रुख मासिदै गएको र यसले बातावरण प्रदुषण हुने गरेको भन्दै सबैलाई बृक्षारोपण गर्न आग्रह गरेका छन् । रुख बिरुवा र जंगल भए स्वास्थ जीवन जिउन सकिने उनको भनाई रहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू