नवलपरासीमा हावाहुरीले लियो बालिकाको ज्यान

नवलपरासी, जेष्ठ २० – हावाहुरीका कारण नवलपरासीमा बालिकाको मृत्यु भएको छ ।आइतबार बेलुका आएको कारण नवलपरासी विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको हो ।हावाहुरीले उडाएको घरको जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी बस्ने लालन यादवको १० वर्षीया छोरी अञ्जलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी नायब निरीक्षक कृष्ण शाहले जानकारी दिए ।
जस्तापाताले लागेर अञ्जलीको घटनास्थलमा नै मृत्यु भएको उनले जानकारी दिए ।जस्तापाताले लागेर अन्य केही ब्यक्ती घाईते भएका छन् । यस्तै हावाहुरीले विनयी त्रिवेणी वडा नम्बर ६ र ७ मा गरी करीब ८० घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया