जेष्ठ २० – मलेसियासँगको मैत्रिपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ ।मलेसियामा भएको खेलमा नेपाल घरेलु टोली सँग २-० गोलअन्तरले पराजित भयो । शुरु देखी नै मलेसियाको दबाबमा रहेको नेपालले पहिलो हाफमा घरेलु टोलीलाई बराबरीमा रोएको थियो । पहिलो हाफमा मलेसियाको प्रहारलाई नेपालले गोलमा परिणत हुने दिएन ।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको ५०औं मिनेटमा मलेसियाले अग्रता लियो । नेपाली डिफेन्डर अनन्त तामाङले मलेसियाका खेलाडीलाई डिबक्सभित्र फल गरेपछि उसले पेनाल्टी पाएको थियो । प्राप्त अवसरलाईमोहम्मद सफावी रशिदले गोलमा परिणत गर्दै मलेसियालाई अग्रता दिलाएका थिए ।
खेलको ८१औं मिनेटमा मलेसियाले अर्को गोल गर्यो ।मलेसियाका शाहरुल मोहम्मद सदले गोल गरे पछी मलेसिया २-० ले बिजयी भयो ।नेपालले अब चाइनिज ताइपेसँग अर्को मैत्रीपूर्ण खेल खेल्नेछ । उक्त खेल जुन ६ तारिखमा चाइनिज ताइपेको घरेलु मैदानमा नै हुनेछ ।