निर्देशक दिनेश कार्कीले सुरु गरे अमेरिकाको भर्जिनिया महिला शृंगार पसल

एटुजेड समाचार

जेठ २० -कलाकार तथा निर्देशक दिनेश कार्की र उहाको श्रीमती मुना गुरुङ द्वारा अमेरिकाको भर्जिनियाको चार्लोट्सभिल शहरमा महिला शृंगार पसल संचालन गरेका छन् ।केही समय अगाडी देखि नै संचालनमा आएको उक्त महिला शृंगार गृह एक बिशेष कार्यक्रमको आयोजना गर्दै सार्वजनिक रुपमा सबैलाई जानकारी होस् भन्ने हेतुले सार्वजनिक गरिएको हो ।

नेपाल भक्तपुर घर भै झन्डै २ दशक सम्म अभिनय गर्दै कैयौ धारावाहिक तथा बिभिन्न अभिनय गरेकाकलाकार दिनेश कार्कीकि पत्नी मुना गुरुङले उक्त पसल खोलेका हुन् ।विदेशमा नेपालीहरु तल्लोस्तर को मात्र काम गर्ने भन्ने आरोप समेत बेला बखतमा लाग्ने गरेको अवस्थामा दम्पत्ति कार्की तथा गुरुङले काम मात्र नभएर ब्यबसाय संचालनमा ल्याएका हुन् । अमेरिका आए देखि धेरै संघर्ष गर्दै पसल खोल्न सफल भएका छन् ।

कार्यक्रमको उद्घाटन भर्जिनिया कै चार्लोट्सभिल मै बसोबास गर्नु हुने डा दुर्गा पोखरेल ( विधा वारिधि ) ले उदघाटन गरेकी थिइन् । डा पोखरेलले शुभकामना दिएकी थिइन् ।

यसै क्षेत्रमा रहनु हुने स्व गोपाल योञ्जन कि सुपुत्री सृजना सिंह योञ्जन को पनि उपस्थिति रहेको थियो भने उनले पनि शुभकामना दिएकी थिइन् ।कार्यक्रममा उक्त क्षेत्रका नेपाली समुदायहरुको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन सबिन छेत्रीले गरेका थिए । भर्जिनियाको चार्लोट्सभिल स्थित उक्त पसलको नाम स्पेसल आई ब्रो एण्ड हेयर सेलुन रहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू