पोखरा, जेष्ठ २० – द आर्ट अफ लिभिङ नेपालले राष्ट्रिय स्तरको युवा परियोजना कार्यक्रम सम्पन्न भएको छ । युवाहरुलाई लक्षित गर्दै जेष्ठ १६ गते देखी १८ गते सम्म पोखरमा युवा परियोजना कार्यक्रम सम्पन्न भएको हो ।
आध्यात्मिकतामा युवा भूमिका, उद्यमशिलता र गतिशिलता बिषयक कार्यक्रममा देशभरबाट एक हजार भन्दा धेरै युवाहरुको सहभागीता रहेको थियो । कार्यक्रममा पुर्वको खोटाङ देखी पश्चिमको सुर्खेत सम्मका युवाहरु भेला भएका थिए ।कार्यक्रममा चितवनबाट मात्रै २५० भन्दा धेरै युवाहरुले सहभागीता जनाएका थिए ।
कार्यक्रममा बिहानको शत्रमा आध्यात्मक कक्षा भएको थियो । बिहानी सत्रमा आर्ट अफ लिभिङको ह्याप्पीनेस प्रोग्राम अन्तर्गत योगा र ध्यानको कक्षा संचालन गरिएको थियो ।दिवा शत्रमा युवा नेतृत्व तथा उद्धमशिलता कार्यशाला बिषयमा प्रशिक्षण दिईएको थियो । उक्त शत्रमा लब्धप्रतिष्ठित व्यक्तिहरूले युवाहरूलाई देशमै केही गर्न सकिन्छ भन्ने बिषयमा प्रशिक्षण दिएका थिए । यस्तै बेलुका भने सत्संगको कार्यक्रम गरिएको थियो । यस्तै प्रशिक्षण सँगै बिभिन्न सांस्कृतिक कार्यक्रम समेत भएको थियो ।
कार्यक्रमका अभिनेता दयाह्याङ राईले समेत सहभागीता जनाएका थिए । राईले आफ्नो संघर्षको कथा सुनाउदै युवाहरुलाई उत्प्रेरित गरेका थिए ।कार्यक्रम पछी युवा दृष्टि र सोचमा सकारात्मकता उजागर गरी उनीहरुको रचानान्मक विचार, उर्जा र विज्ञतालाई राष्ट्र निर्माणमा उपयोग गर्न सकिने विश्वास गरिएको छ । युवाहरुलाई स्वरोजगार तर्फ आकर्षित गर्नु नै कार्यक्रमको मुख्य लक्ष्य रहेको द आर्ट अफ लिभिङ नेपालका प्रशिक्षक पवन नेपालले बताए ।
यो कार्यक्रमको माध्यमबाट आर्ट अफ लिभिङले आध्यात्म र उद्धमशिलतालाई एकै ठाउँमा ल्याउने प्रयास गर्न लागेको नेपालको भनाई रहेको छ ।क्षमता, ज्ञान र ऊर्जालाई सकारात्मक तथा उत्पादनशिल काममा लगाउनका लागि यो कार्यक्रम महत्वपूर्ण रहेको उनको विश्वास रहेको छ ।

